Logo मंगलवार, श्रावण १२ गते २०८३
images

स्थानीय तह निर्वाचनका लगि कांग्रेस क्षेत्रीय सभापति लम्सालको अध्यक्षतामा संसदीय समिती गठन

स्थानीय तह निर्वाचनका लगि कांग्रेस क्षेत्रीय सभापति लम्सालको अध्यक्षतामा संसदीय समिती गठन

  • 2.9K
    SHARES

  • स्थानीय तह निर्वाचनका लगि कांग्रेस क्षेत्रीय सभापति लम्सालको अध्यक्षतामा संसदीय समिती गठन

    बुटवल,चैत्र ४ ।

    नेपाली काँग्रेस रुपन्देही क्षेत्र नम्बर-२ को क्षेत्रीय समिती बैठक सम्पन्न भएको छ ।

    नेपाली काँग्रेस केन्द्रिय समितिले फाल्गुन २९ देखि चैत्र २९ गतेसम्म सञ्चालन गरेको घर घर जाऔं काँग्रेस जिताऔं अभियानलाई यस क्षेत्रभित्रका सम्पुर्ण वार्डहरुमा प्रभावकारी ढङ्गबाट सञ्चालन गर्न वडा प्रतिनिधि तोक्नुका साथै कार्यक्रमको अनुगमनका लागि प्रदेश निर्वाचन २ क मा खड्ग बहादुर महत र प्रदेश निर्वाचन २ख मा परशुराम  ढकालको संयोजकत्वमा पाँच सदस्यीय अनुगमन समिती निर्माण गरेको छ ।

    बैठकले बैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनका लागि पार्टीको बिधान परिच्छेद ८ को दफा ३१ अनुसार क्षेत्रीय सभापति हरि लम्सालको अध्यक्षतामा प्रतिनिधि सभा निर्वाचन क्षेत्र संसदीय समिती गठन गरेको छ ।  बैठकले नेपाली काँग्रेस नेतृत्वको सरकारले फाल्गुन १५ गते प्रतिनिधि सभाबाट १२ बुँदे ब्याख्यात्मक घोषणा सहित पारित गरेको विकास परियोजना एमसिसीको स्वागत गरेको छ । 
    क्षेत्रीय सभापति हरि लम्सालको सभापतित्वमा भएको बैठकमा यस क्षेत्रका महासमिति तथा महाधिवेशन प्रतिनिधिहरुको उपस्थिति रहेको सचिव प्रजापाल गिरीले नागरिक अनलाइनलाई जानकारी दिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology