बुटवल,चैत्र ३ ।
संविधानले दिएको लैंगिक पहिचानसहितको नागरिकता दिने प्रावधानले मात्र आफुहरुको पुर्ण अधिकार स्थापित हुन नसकेको यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका ब्यक्तिहरुले बताएका छन् ।
यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको महासंघ नेपालले बिहीबार बुटवलमा गरेको समस्या, चुनौति र समाधान सम्वन्धि अन्तकिृया कार्यक्रममा सहभागि भएका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका ब्यक्तिहरुले उक्त कुरा बताएका हुन् ।
कार्यक्रममा महासंघका उपाध्यक्ष भुुमिका श्रेष्ठले राज्यले सबै नागरिक समान भनेर सम्वोधन गरेतापनि कार्यान्वयननै हुन नसकेकोप्रति गुनासो गर्नुभयो ।

कार्यक्रममा लुम्विनी प्रदेश शिक्षा मन्त्रालयका उपसचिव यमबहादुर केसी, आन्तरिक मामिला मन्त्रालयका उपसचिव दामोदर भण्डारी लगायतले सरकारले देखाएको कार्यदिशा अनुसार यौनिक तथा लैंगिक अल्पसंख्यकहरु अधिकारका लागि मन्त्रालयले काम गर्ने बताउनुभयो ।
एक्लोलाई सहारा दिने वृक्ष समुह रुपन्देहीका मानवअधिकार परियोजना संयोजक रेशम न्यौपानेको संचालनमा भएको कार्यक्रमा साहसी कदम नेपाल रुपन्देहीका अध्यक्ष आनिक राना, एक्लोलाई सहारा दिने वृक्ष समुह रुपन्देहीका कार्यक्रम संयोजक मनिला न्यौपाने, नवजीवन कपिलबस्तुका अध्यक्ष मुस्कान क्षेत्री, तेस्रोलिङ्गी पुस्पा लामा, परि क्षेत्री, समलिङ्गी टिकाराम भुषाल लगायतले यौनिक तथा लैंगिक अल्पसंख्यकहरु अधिकारका लागि सबै तह र तप्काबाट सहयोग रहनु पर्ने धारणा राख्नु भएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)