Logo मंगलवार, श्रावण १२ गते २०८३
images

आज राति १ बजेर ५३ मिनेटपछि एक महिना लामो मलमास सकिँदै,भाेलीदेखि दशैँ

आज राति १ बजेर ५३ मिनेटपछि एक महिना लामो मलमास सकिँदै,भाेलीदेखि दशैँ

  • 5.2K
    SHARES

  • आज राति १ बजेर ५३ मिनेटपछि  एक महिना लामो मलमास सकिँदै,भाेलीदेखि दशैँ

    बुटवल,असोज ३०-

    एक महिना लामो मलमास शुक्रबार राति १ बजेर ५३ मिनेटपछि सकिँदैछ । चन्द्रमास र सौरमासको समन्वयको लागि हरेक २ वर्ष, ८ महिना, १६ दिन र चार घडी पुगेपछि अधिकमासको योग बन्ने गर्छ ।

    मलमासकै कारण अरू वर्षभन्दा यो वर्ष दसैं समेत पछि धकेलिएको थियो । मलमास सकिएसँगै शनिबार बिहानैदेखि दसैंको सुरुवात हुने नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक नेत्रप्रसाद अधिकारीले जानकारी दिए ।

    अधिकारीका अनुसार भोलि शनिबार बिहान १ बजेर ५३ मिनेटसम्म औंसी तिथि बाँकी रहेकोले त्यसपछि मात्रै विधिवत रूपमा मलमास सम्पन्न हुनेछ ।

    यससँगै भोलिदेखि मलमासका कारण प्रतिबन्धित सबै कर्महरू खुला हुने भएका छन् । जस्तै, दैनिक उपभोग्य वस्तुबाहेक नयाँ सामग्री किन्नको लागि मलमासमा शास्त्रले निषेध गरेको छ । नित्य पूजाबाहेक लग्न हेरेर गर्नुपर्ने सबै किसिमका पूजामा प्रतिबन्ध लगाइएको हुन्छ । यी सबै कर्म भोलिदेखि सुरु हुने अधिकारीले जानकारी दिए ।

    चान्द्रमासको यो पर्व अशुद्ध पर्व भएकोले यसलाई गणना नगरी नित्यकर्म बाहेकका शुभ कर्म गर्न नहुने विधान हिन्दु शास्त्रमा छ ।

    हिन्दु पञ्चाङ्ग अनुसार सौरमासको एक वर्षमा ३६५ दिन, १५ घडी, ३१ पला र ३० विपला हुन्छ जब कि चन्द्रमान अनुसार ३५४ दिन, २२ घडी, १ पला र २३ विपलाको एक वर्ष हुने गर्छ ।

    हरेक वर्ष सूर्य तथा चन्द्रमासको बीचमा हुने १० दिन ५३ घडी, ३० पला एवं ७ विपलाको अन्तरले महिना छोएपछि एक महिनालाई अशुद्ध मास मानेर गणना नगरी सौरमाससँग समायोजन गर्ने गरिन्छ । यही अशुद्ध भनिएको महिना नै मलमास हो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology