Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रुपन्देही साईक्लिङ संघद्वारा प्रभु इन्स्योरेन्समा दुर्घटना बिमा

रुपन्देही साईक्लिङ संघद्वारा प्रभु इन्स्योरेन्समा दुर्घटना बिमा

  • 3.1K
    SHARES

  • रुपन्देही साईक्लिङ संघद्वारा  प्रभु इन्स्योरेन्समा दुर्घटना बिमा

    बुटवल,असोज ३०-

    रुपन्देही साईक्लिङ संघका सदस्यहरुको प्रभु इन्स्योरेन्स लिमिटेडमा सामुहिक दुर्घटना बिमा गरिएको छ ।

    शुक्रबार एक समारोहका बिच संघका अध्यक्ष पुकार थापा र इन्स्योरेन्सका शाखा प्रमुख रोहिणी श्रेष्ठका बिच पहिलो चरणमा ५० जना साईक्लिष्टको सम्झौता गरिएको हो ।

    संघका अध्यक्ष पुकार थापाले साईकलमैत्री सडक नहुदा दुर्घटनाको सम्भावना बढि हुदा पहिलो चरणमा ५० जनाको बिमा गरिएको बताए । साहसिक खेलकुदको महत्वपुर्ण पाटो हुदा यसको विकासमा संस्थागत रुपमा लागेको उनले बताए ।

    जिल्लाको साधारण सभासंगै सदस्यता खुल्ला र सामुहिक दुर्घटना बिमा गरिएको अध्यक्ष थापाले बताए । बिमाङ रकम २ लाख रहेको बिमाको पोलिसि अनुसार जोखिम रकम उपलब्ध हुने उनले बताए ।

    लकडाउनको समयमा साईकल क्रेज र साईक्लिष्टहरुको संख्या बढेको भन्दै संघका वरिष्ठ उपाध्यक्ष धिरन तुलाधरले साईकलमैत्री पुर्वाधार र विकासमा संस्थागत रुपमा लागेको बताए । 

    याे पनि :-

    रुपन्देही साईक्लिङ संघको साधारणसभा,जुनियर राईडर मानिकलाई सम्मान

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology