Logo बिहिवार, आश्विन १ गते २०८३
images

बाग्मती प्रदेश खेलकुद प्रतियोगिता : महिला क्रिकेटको उपाधि काठमाण्डौलाई

बाग्मती प्रदेश खेलकुद प्रतियोगिता : महिला क्रिकेटको उपाधि काठमाण्डौलाई

  • 1.8K
    SHARES

  • बाग्मती प्रदेश खेलकुद प्रतियोगिता : महिला क्रिकेटको उपाधि काठमाण्डौलाई

    चितवन,चैत्र १।

    प्रथम बाग्मती प्रदेश खेलकुद प्रतियोगिता २०७८ अन्तर्गतको महिला क्रिकेटको उपाधि काठमाण्डौले जित्न सफल भएको छ।  फाइनलमा चितवनलाई ६४ रनले पराजित गर्दै काठमाण्डौ ले उपाधि जितेको हो।

    चितवन स्थित गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला को नमुना मैदानमा संचालीत यस प्रतियोगितामा महिला क्रिकेट तर्फ ३ टोली चितवन भक्तपुर र काठमाण्डौ को सहभागीता रहेको थियो।

    आज सम्पन्न फाइनल खेलमा टस जितेर काठमाण्डौले व्याटिङ गर्दै निर्धारित २० ओभरमा १६२ रन जोड्न सक्यो । कठमाण्डौका लागी कञ्चन श्रेष्ठ ले सर्वाधिक ७० र अस्मिता खरेलले ४३ रनको योगदान दिए ।

    १६३ रनको बिशाल लक्ष पछ्‌याएको चितवनले पुरा २० ओभर मा ४ विकेट को क्षतिमा ९८ मन मात्र जोड्न सक्यो , चितवनका लागी कातान आरति बिडारी ले ३० रन जोड्नु बाहेक अन्य खेलाडीले उल्लेख्य रन प्रहार गर्न सकेनन् । प्रतियोगिता का बिजेता टोलीका खेलाडी हरूले ट्रफि मेडल सहित जनही रू ५हजार र उपविजेता टोलीले ट्रफि मेडल सहित जनहि रू ४ हजार  नगद पुरस्कार समेत प्राप्त गरेका छन् ।

    समापन समारोहका सभापति  वाग्मति प्रदेश क्रिकेट संघका अध्यक्ष राजु बस्नेत , प्रमुख अतिथि राखेप सदस्य सचिव सुर्यलाल भण्डारी रहनुभएको थियो।

    प्रतियोगिता अन्तरगतको पुरुष तर्फको टी २० खेल भोली बाट सुरु हुने जानकारी प्रतियोगिताआयोजक संयोजक प्रेम क्षेत्रीले जानकारी दिनुभयो । प्रतियोगितामा पुरुष तर्फ वाग्मती प्रदेशका १२ जिल्लाको सहभागिता रहने छ भने प्रतियोगिता चैत्र ७ गतेसम्म सञ्चालन हुनेछ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology