Logo मंगलवार, श्रावण १२ गते २०८३
images

ट्रस्टद्वारा नयाँगाउ स्वास्थचौकी गुल्मीलाई एम्बुलेन्स हस्तान्तरण

ट्रस्टद्वारा नयाँगाउ स्वास्थचौकी गुल्मीलाई एम्बुलेन्स हस्तान्तरण

  • 3.0K
    SHARES

  • ट्रस्टद्वारा नयाँगाउ स्वास्थचौकी गुल्मीलाई एम्बुलेन्स हस्तान्तरण

    बुटवल,असोज ३०-

    नयाँगाउँ एम्बुलेन्स सेवा ट्रस्ट गुल्मी काठमाडौंले गुल्मीमा नि:शुल्क एम्बुलेन्स हस्तान्तरण गरेको छ। नयाँगाउँ र आसपासकाजनतfलाइ सेवा दिने उद्धेश्यले एम्बुलेन्स सहयाेग गरिएकाे हाे ।

    नयाँगाउँमा जन्मिएर देश बिदेशमा रहेका चन्दादाताहरु र स्थानीयको सहयोगमा संकलन गरिएको रकमबाट  खरिद गरिएको एम्बुलेन्स नयाँगाउ स्वास्थ चौकी गुल्मीलाई हस्तान्तरण गरिएको संस्थाका सस्थापक महासचिब प्रकाश पोख्रेलले बताए ।

    संस्थाको नाममा रहेको लु १च ९२६२ नम्बरको एम्बुलेन्स नयाँगाउँ स्वास्थचौकीको नाममा आज नामसारी गराएको हो ।उक्त अवसरमा संस्थापक महासचिव पोखरेलले एम्बुलेन्सको साँचो र बिल बुक स्वास्थचौकिका कर्मचारी प्रतिनिधिलाइ यातायात कार्यालय,बुटवलपरिसरमै आज  हस्तान्तरण गरेका थिए ।

    संस्थाले प्रदान गरेको एम्बुलेन्सलाई प्रभावकारी र पारदर्शी सेवा प्रदान गर्नेचौकीका प्रमुख भेष बहादुर बिसीले प्रतिबद्धता व्यक्त गरे ।

     राधा मल्लको अध्यक्षतामा सामाजिक अभियान्ता प्रकाश पोख्रेल, जर्नेल भरत मल्ल, मधु क्षेत्री ,नारायण मल्ल, सज्जन पोख्रेल र पार्बती अधिकारीको सकृयतामा संस्थाको स्थापना गरिएको थियो। २०७४ शालमा शुरु भएको संस्थाले  बिभिन्न सामाजिक काम गर्दै आएरहेकाे छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology