बुटवल,चैत्र १।
नेपाल पत्रकार महासंघका उपाध्यक्ष उदय जिएम नेकपा (माओवादी केन्द्र) निकट प्रेस सेन्टर नेपालमा प्रवेश गरेका छन् मंगलबार माओवादी अध्यक्ष प्रचण्डले जिएमलाई खादा लगाएर प्रवेश गराएका हुन् ।
नेकपा (मसाल) निकट प्रगतिशील पत्रकार संघका पूर्वअध्यक्ष जिएमले मसालको विवाद बढ्दै गएपछि केही समयअघि सो समूहबाट आफूलाई अलग गरेका थिए ।
जिएमलाई माओवादी प्रवक्ता कृष्णवहादुर महरा, प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटालगायतका नेताहरूले स्वागत गरे।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)