Logo बिहिवार, आश्विन १ गते २०८३
images

आयोजनाको बजेट नै रोकेर सरकारले विकास विरोधी काम गरेको छ : बिष्णु पाैडेल

आयोजनाको बजेट नै रोकेर सरकारले विकास विरोधी काम गरेको छ : बिष्णु पाैडेल

  • 1.8K
    SHARES

  • आयोजनाको बजेट नै रोकेर सरकारले विकास विरोधी काम गरेको छ : बिष्णु पाैडेल

    बुटवल,फागुन ३० ।

    नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले वर्तमान सरकार विकास विरोधी भएको आरोप लगाएका छन्। नेकपा एमाले बुटवलले सोमबार बुटवलमा आयोजना गरेको स्थानीय तह निर्वाचन केन्द्रित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले यस्तो बताएका हुन्। 

    एमाले नेतृत्वको सरकारले अघि सारेका विकास योजनाहरु वर्तमान सरकारले अवरुद्ध गराएको आरोपसमेत लगाएका थिए। वर्तमान गठबन्धन सरकारले केपी ओली नेतृत्वको सरकारले अघि सारेका दीर्घकालीन विकास आयोजनाको बजेट कटौती र आयोजनाको बजेट नै रोकेर विकास विरोधी काम गरेको आरोप लगाए।

    ‘आयोजनाको अदालतमा मुद्दा पनि परेको छ। डीपीआर सकिएको छ। केही संकीर्ण मानिसले मुद्दा पनि हालेका छन्,’ उनले भने, ‘अदालतले स्टे पनि गरेको छ। आयोजना कार्यान्वयन कसैले रोक्न सम्भव छैन।’

    राम्दीदेखि तल्लो तहमा पनि पानीको अभाव नहुने पौडेलले बताए। रिडी र रुद्रवेनीको बीचमा २५ सय मेगावाटको जलाशययुक्त निर्माण हुने उनको भनाइ छ। अरू ठूला आयोजना पनि कार्यान्वयन हुने पौडेलले बताए। 

    कोशी, भालुवाङ, मुग्लिनका महत्त्वपूर्ण ठाउँमा बन्ने पुलमध्ये एमाले सरकारबाट हटेपछि अहिलेको सरकारले हटाएको उनले आरोप लगाए। विश्व बैंकको लगानीमा तिनाउमा ‘सिग्नेचर’ पुल बन्ने उनको भनाइ छ। कार्यक्रममा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले दक्षिणपन्थी अवसरवादलाई परास्त गर्नुपर्ने अहिलेको आवश्यकता रहेको बताए।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology