Logo बिहिवार, आश्विन १ गते २०८३
images

भोलिदेखि बुटवलमा राष्ट्रपति रनिङ शिल्ड छनाेट प्रतियोगिता,५ हजार विद्यार्थी खेल्ने

भोलिदेखि बुटवलमा राष्ट्रपति रनिङ शिल्ड छनाेट प्रतियोगिता,५ हजार विद्यार्थी खेल्ने

  • 3.1K
    SHARES

  • भोलिदेखि बुटवलमा राष्ट्रपति रनिङ शिल्ड छनाेट प्रतियोगिता,५ हजार विद्यार्थी खेल्ने

    बुटवल,फागुन ३० । 

    भाेलिदेखि बुटवलमा तेस्रो नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता हुँदैछ । बुटवल उपमहानगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा भाेलि चैत्र १ देखि ४ गतेसम्म एन्फा टेक्निकल देविनगरमा खेल हुनेछ । 

    आज बुटवलमा पत्रकार सम्मेलन गरि प्रतियोगिताको सबै तयारी पूरा भएको समितिका अध्यक्ष नन्दु काउचाले बताए । एथ्लेटिक्सतर्फ १००, २००, ८०० मिटर, १५०० मिटर दौडहरु, ४ बाई १०० मिटर रिले हिट, ३ हजार मिटर दौड समेत गरिने छ । कबड्डी, शटफुट, लंगजम्प, त्रिपल जम्प, ज्वाप्लिङ थ्रो लगायतका खेलहरु खेलाईने छन् । यसैगरि विभिन्न तौल समुहमा कराते, तेक्वान्दो खेलहरु कालिका कराते एकेडेमीमा हुने छन् ।

    यसैगरि छात्रछात्रा भलिबल प्रतियोगिता समेत हुने छ । प्रतियोगितामा नगरका १७ सामुदायिक र २० निजि विद्यालयका खेलाडीहरुले ४२ वटा खेलमा भाग लिनेछन् ।  करीब ५ हजार विद्यार्थीहरुसहित खेल प्रशिक्षकहरुको सहभागी हुने प्रतियोगितामा खेल महाकुम्भका रुपमा रहने उनले बताए ।

    प्रतियोगिता सम्पन्न गर्न साढे १४ लाख बराबर खर्च अनुमान रहेको उनले बताए । यसैगरि उद्घाटन कार्यक्रम अन्तरगत ६ सय जना विद्यार्थीहरुले स्वागत तथा ५ सय २५ जनाले पिटि प्रदर्शन तथा साढे ३ सय बढिले बहुसास्कृतिक नृत्य प्रदर्शन गर्ने छन । जसमा मारुनी, कौडा, थारु ,झ्याउने, खुकुरी नाच लगायत प्रदर्शन गरिने समितिका सदस्य प्रेम बस्नेतले बताए । 

     गतवर्ष कालिका मानवज्ञानले उपाधि चुमेको थियो भने नवीन उपविजेता भएको थियो । कार्यक्रममा सदस्य मणिरत्न भण्डारीले नगरमा योजनाबद्ध खेल विकासमा आफुहरु लागेको दाबी गरे ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology