बुटवल,फागुन २९ ।
सिद्धार्थ गौतम बुद्ध क्याम्पसमा नेपाल प्रगतिशील प्राध्यापक संगठनको इकाई अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले क्याम्पसमा भइरहेका शैक्षिक प्राज्ञिक गतिविधिहरुको समीक्षा गर्दै सर्वसम्मत रूपमा नयाँ क्याम्पस कमिटी गठन गरेको छ । अध्यक्षमा भुपाल शर्मा सचीवमा रामनाथ उपाध्याय कोषाध्यक्षमा सिमा घिमिरे र सदस्यहरुमा उपप्राध्यापक प्रगतीरत्न गुभाजु, लक्ष्मी पाण्डे, दुर्गा भुसाल र कृष्ण प्रसाद सापकोटा चयन हुनुभएको छ ।
अधिवेशनले केन्द्रिय महाधिवेशन प्रतिनिधिमा भुपाल शर्मा र शिव कुमार ज्ञवालीलाई पठाउने निर्णय समेत गरेको छ । अधिवेशनमा क्याम्पसका सहायक क्याम्पस प्रमुख मनोज प्रसाद सापकोटाले शुभकामना मन्तव्य व्यक्त गर्दै प्राध्यापकहरु निरन्तर प्राज्ञिक कार्यमा सकृय रहदै क्याम्पसको उन्ननयनमा लाग्नुपर्ने बताउनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)