Logo बिहिवार, आश्विन १ गते २०८३
images

नेपाल प्रेस युनियनको नवौं केन्द्रीय महाधिवेशन जेठ १३ र १४ गते हेटौंडामा

नेपाल प्रेस युनियनको नवौं केन्द्रीय महाधिवेशन जेठ १३ र १४ गते हेटौंडामा

  • 1.6K
    SHARES

  • नेपाल प्रेस युनियनको नवौं केन्द्रीय महाधिवेशन जेठ १३ र १४ गते हेटौंडामा

    बुटवल,फागुन २९ ।

    नेपाल प्रेस युनियनको नवौं केन्द्रीय महाधिवेशन २०७९ साल जेठ दोस्रो साता बागमती प्रदेशको राजधानी हेटौंडामा हुने भएको छ ।

    स्थापना दिवसको अवसर पारेर जेठ १३ र १४ गते हेटौंडामा गर्ने निर्णय भएको कोषाध्यक्ष सरोज अधिकारीले नागरिक अनलाइनलाइ जानकारी दिए। युनियनको आज बसेको सचिवालयको बैठकले महाधिवेशनको मिति तोकेको हो । 

    महाधिवेशन सम्पन्न गर्न मूल आयोजक समिति, निर्वाचन समिति र विधागत विभिन्न ६ समिति समेत गठन गरिएको र आवश्यकताअनुसार अन्य समिति समेत गठन गर्न सकिने बैठकको निर्णय गरेको कार्यबाहक महासचिव भीष्मराज ओझाले जानकारी दिए ।

    २०७१ भदौमा पोखरा महाधिवेशनपछि पटक-पटक मिति तोकिए पनि युनियनको महाधिवेशन भएको छैन। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology