Logo बिहिवार, आश्विन १ गते २०८३
images

२४ घण्टामा ४ हजार ३९२ जना काेराेना संक्रमित थपिए

२४ घण्टामा ४ हजार ३९२ जना काेराेना संक्रमित थपिए

  • 3.3K
    SHARES

  • २४ घण्टामा ४ हजार ३९२ जना काेराेना संक्रमित थपिए

    बुटवल,असोज ३०-

    नेपालमा पछिल्लाे २४ घण्टामा ४ हजार ३९२ जना काेराेना संक्रमित थपिएका छन् ।योसँगै देशमा कुल संक्रमितको संख्या १ लाख २६ हजार १३७ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

    हाल देशभर ३७ हजार ३८२ जना सक्रिय संक्रमित छन्। आज १२ हजार ३३६ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी होम आइसोलेसनमा छन्। हालसम्म १२ लाख ५४ हजार १६४ जनाको पिसिआर परीक्षण भएको छ। 

    काठमाडौं उपत्यकामा२ हजार ४०२ जना कोरोना संक्रमित थपिए :

    पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ४०२ जना कोरोना संक्रमित थपिएका छन्।  काठमाडौंमा १७८४ जना, भक्तपुरमा २४४ र ललितपुरमा ३७४ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। 

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology