Logo बिहिवार, आश्विन १ गते २०८३
images

प्रेस चौतारीको बन्द सत्रमा विवाद,महाधिवेशन लम्बिने

प्रेस चौतारीको बन्द सत्रमा विवाद,महाधिवेशन लम्बिने

  • 2.0K
    SHARES

  • प्रेस चौतारीको बन्द सत्रमा विवाद,महाधिवेशन लम्बिने

    बुटवल,फागुन २८। 

    पाेखरामा जारी नेकपा एमाले निकट प्रेस चौतारीको बन्द सत्रमा विवाद देखिएको छ । संगठनको नेतृत्व सर्वसम्मतरुपमा चयन गर्ने विषयमा पनि विवाद देखिएको छ । अध्यक्षमा पदमा वर्तमान अध्यक्ष गणेश बस्नेत, माधव नेपाल, गणेश पाण्डे, टीका बिष्टले दाबी गरिरहेका छन । 

    उपत्यका प्रदेश बागमती प्रदेशमा गाभिने भएपछि सदस्यहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरुले बन्दसत्र हलमा नै नाराबाजी गरेका छन् । उपत्यका प्रदेशले छुट्टै स्वयत्त अधिकार तथा १ खुल्ला सचिवको माग गरेको छ । यता एशोसिएट र प्रतिष्ठानले पनि सोही मुद्दा उठाएको छ ।

    अन्य पदाधिकारीमा पनि धेरैको दाबी रहेकाले नेतृत्वलाई मिलाउन सकस देखिएको हो ।   शनिबार बिहान ८ बजेदेखि बन्द सत्र सुरु हुने जानकारी प्रतिनिधिहरूलाई दिएपनि ढिला गरी बन्दसत्र सुरु भएको छ । आज सकिने भनेको महाधिवेशन लम्बिने देखिएको छ ।

    १५१ सदस्यीय कमिटी बनाउने भनिए पनि अघिल्लो  कमिटी ३५१ सदस्यीय बनाएपछि मिलाउन नेतृत्व प्रयास विफल छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology