Logo बिहिवार, आश्विन १ गते २०८३
images

आर्थिक संकलन गरेर गुल्मीको मुसिकोटमा शिवालय मन्दिर निर्माण

आर्थिक संकलन गरेर गुल्मीको मुसिकोटमा शिवालय मन्दिर निर्माण

  • 2.8K
    SHARES

  • आर्थिक संकलन गरेर गुल्मीको मुसिकोटमा शिवालय मन्दिर निर्माण

    कौरव खत्री/गुल्मी,फागुन २७।

    गुल्मीको मुसिकोटमा आर्थिक संकलन गरेर गाँउमा शिवालय मन्दिर निर्माण गरिएको छ ।

    मुसिकोट नगरपालिका वडा नं. २ मुसिकोट पात्लाकोटमा आर्थिक सहयोग जुटाएर  शिवालय मन्दिरको निर्माण गरिएको शिवालय मन्दिर निर्माण आर्थिक समिति संयोजक गोकर्ण आचार्यले जानकारी दिनुभयो ।

    साथै शुरुमा मालिका जागृति आमा समुहको सक्रियता र आमा समुहको २ लाख, ७० हजार सहयोग रकमले शिवालय मन्दिर निर्माण कार्यको शुरुवात गरि निर्माण गत फागुन १५ मा मन्दिरको निर्माण कार्य सम्पन्न गरिएको थियो ।

    त्यस्तै गत २०७८ बैशाख ११ गतेदेखि मन्दिरको निर्माण शुरुवात गरि करिव ६ लाखको लागतमा मन्दिर निर्माण सम्पन्न गरि गत फागुन १७ गते महाशिवरात्रीको अवसरमा विधिवत रुपमा उद्घाटन गरि  दैनिक बिहान र बेलुका मन्दिरमा पुजा आरधना गरिदै आएको संयोजक आचार्यले जानकारी दिनुभयो ।

    साथै मन्दिर निर्माणको लागि यस क्षेत्रका स्वदेश तथा विदेशमा रहनु भएका व्यक्तिहरुबाट करिव ८ लाख बरावर आर्थिक संकलन गरिएको आर्थिक समिति संयोजक आचार्यले  जानकारी दिनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शुक्रवार, फाल्गुण २७ २०७८०८:२२:३७

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology