बुटवल,फागुन २६।
स्थानीय तह चुनावका लागि म्यादी प्रहरीसम्बन्धी सूचना प्रकाशित/प्रसारित नगरिएको नेपाल प्रहरीले स्पष्ट पारेको छ ।
चुनावमा आवश्यक पर्ने अस्थायी सुरक्षाकर्मी (म्यादी प्रहरी) भर्नासम्बन्धी सूचना सार्वजनिक भएको भनी सामाजिक सञ्जालमा राखिएको पाइएको उल्लेख गर्दै प्रहरी प्रधान कार्यालयले आज बिहीवार एक विज्ञप्ति निकालेर अहिलेसम्म यस्तो सूचना प्रकाशितरप्रसारित नगरिएको जानकारी गराएको छ ।
आवश्यक पर्ने म्यादी प्रहरीका सम्बन्धमा नेपाल प्रहरीको वेबसाइट र सार्वजनिक सञ्चारमाध्यमबाट भविष्यमा प्रकाशित हुने प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले निकाल्नुभएको विज्ञप्तिमा उल्लेख छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)