Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कांग्रेस लुम्बिनीले गर्यो उम्मेदवार छनोटको मापदण्ड तय,आवश्यकताका आधारमा तालमेल !

कांग्रेस लुम्बिनीले गर्यो उम्मेदवार छनोटको मापदण्ड तय,आवश्यकताका आधारमा तालमेल !

  • 3.5K
    SHARES

  • कांग्रेस लुम्बिनीले गर्यो उम्मेदवार छनोटको मापदण्ड तय,आवश्यकताका आधारमा तालमेल !

    बुटवल,फागुन २६।

    नेपाली कांग्रेस लुम्बिनी प्रदेशले स्थानीय तह निर्वाचनको तयारी तीव्र पारेको छ । कांग्रेसले स्थानीय तह निर्वाचनमा उठ्ने उम्मेदवारहरुको मापदण्ड तय गरेको हाे।

    प्रदेश समितिको बुुटवलमा बसेको बैठकले आगामी वैशाख ३० गते घोषणा गरिएको निर्वाचनका लागि उम्मेदवार छनोटको मापदण्ड र योग्यता तय गर्ने निर्णय गरेको बुटवल तामनगरमा पत्रकार सम्मेलन गरि जानकारी दिएको हाे।

    उम्मेदवार बन्न ६ वटा आधार र योग्यता तय गरेको कांग्रेस लुम्बिनीका सभापति अमरसिंह पुनले जानकारी दिए।पार्टीमा गरेको योगदान, कार्यक्षमता र कार्यकुुशलता, दक्षता सहितको समावेशितालाई प्राथमिकता, क्रियाशिलता, निरन्तरता, निष्ठा र त्यागका आधारमा मूल्यांकन गरी उम्मेदवार तय गर्ने मापदण्ड तोकेको छ। त्यस्तै प्रतिस्पर्धी पार्टीका उम्मेदवार र अवसरहरुमा उचित र न्यायिक हुने गरी स्थानीय तहमा उम्मेदवार तय गर्ने मापदण्ड तय गरिएको सभापति पुनले बताए। 

    स्थानीय तहको निर्वाचनमा अन्य पार्टीहरुसँग गठबन्धन गर्ने वा नगर्ने सम्बन्धमा सम्बन्धित स्थानीय तहको आवश्यकता र परिस्थिति अनुसार अघि बढ्ने निर्णय भएको समेत सभापति पुनले बताए।

    उनले कांग्रेस एक्लै चुनाव लड्न सक्ने बताउँदै अहिले नै गठबन्धन कायम गरेर अघि बढ्ने कुनै निर्क्योल नभएको बताए। ‘अहिले नै यो पार्टीसँग गठबन्धन हुन्छ भनेर भन्ने अवस्था छैन,’ पुनले भने, ‘सत्ता गठबन्धनका दल वा प्रतिपक्षीमा रहेको एमालेसँग पनि तालमेल हुनसक्छ।’ 

    नेपाली कांग्रेसले लुम्बिनी प्रदेशका १०९  वटै स्थानीय तहमा न्यायोचित रुपमा उम्मेदवार तयार गरेर स्थानीय तहको चुनावमा भिड्ने जनाएको छ। बुटवल, तुल्सीपुर, कोहलपुर र नेपालगञ्ज उपमहानगरमा समेत यो पटक कांग्रेसले जित्ने सभापति पुनको दावी छ। ‘कांग्रेस एक्लै चुनावमा लड्यो भने बहुुमत स्थानीय तहमा हामी जित्छौं,’ सभापति पुनले भने, ‘लोकतन्त्र, संविधान जोगाउन र समृद्ध नेपाल बनाउन कांग्रेस नै चाहिन्छ।’

    उनले यो पटक समयमै उम्मेदवारको टुुंगो लगाउने बताए। उनका अनुसार चैत २० अगावै स्थानीय तहका उम्मेदवारहरुको टुुंगो लाग्नेछ। विगतमा केन्द्रबाट उम्मेदवार तय गर्दा त्यसले नतिजामा प्रभाव पारेकाले यो पटक निर्वाचन क्षेत्र, गाउँपालिका, जिल्ला र प्रदेशले उम्मेदवार तय गरेपछि मात्रै केन्द्रले निर्णय गर्ने उनको भनाइ छ। 

    उपसभापति श्रेष्ठ बने प्रशिक्षण विभाग प्रमुख,राना कोषाध्यक्षमा मनोनित :

    bhuwan and prakash.jpg

    लुम्बिनी प्रदेश समितिको दोस्रो बैठकले नेविसंघका पूूर्व उपसभापति प्रकाश रानालाई कोषाध्यक्षमा मनोनित गरेको छ। त्यस्तै उपसभापति भुुवन कुमार श्रेष्ठलाई प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी तोक्ने निर्णय भएको महामन्त्री सुरेन्द्रराज आचार्यले जानकारी दिए।

    पार्टीको केन्द्रीय समितिसँग समन्वय गरी भातृ तथा शुुभेच्छुुक संस्थाहरुलाई गतिशिल बनाउन सहमहामन्त्री नीमा गिरी र प्रदेश कोषाध्यक्ष प्रकाश रानालाई जिम्मेवारी दिने निर्णय गरेको छ।

    यसैगरी घोषणा भएको स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन केन्द्रीत कार्यक्रम अघि बढाउने निर्णय गरेको छ। बैठकले कांग्रेस निकट नेपाल दलित संघको केन्द्रीय अधिवेशन आगामी चैत ७ र ८ गते बुटवलमा गर्ने निर्णय पनि गरेको छ ।nc 1.jpg

    nc2.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology