Logo मंगलवार, श्रावण १२ गते २०८३
images

एमसिसी सम्झौता ब्याख्यात्मक भनी नाटकीय शैलीमा पास गरे : चित्रबहादुर केसी

एमसिसी सम्झौता ब्याख्यात्मक भनी नाटकीय शैलीमा पास गरे : चित्रबहादुर केसी

  • 2.4K
    SHARES

  • एमसिसी सम्झौता ब्याख्यात्मक भनी नाटकीय शैलीमा पास गरे : चित्रबहादुर केसी

    टेकराज भुसाल/बुटवल,फागुन २६।

    राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले एमाले, काङ्ग्रेस र माओवादीका लागि चुनाव सबथोक भएको बताउनु भएको छ।

    राष्ट्रिय जनमोर्चा रुपन्देहीले बुटवलमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष केसीले
    सो कुरा बताउनुभएको हो।अध्यक्ष केसीले राष्ट्रघाती एमसिसी सम्झौता खतरा भएको बताउदै एमसिसी विरुद्ध सङ्घर्ष र जनतालाई प्रशिक्षित गर्नुपर्ने बताउनुभयो ।

    एमसिसी सम्झौता ब्याख्यात्मक भनी नाटकीय शैलीमा पास गरेको भन्दै जनताको आन्दोलनले त्यो राष्ट्रघाती सम्झौता खारेज गर्नुपर्ने बताउनुभयो ।

    राष्ट्रियता र जनजीविकाको मुद्दा माथि पटक पटक कुठाराघात भइरहेको बताउँदै यस्ता शक्तिलाई पराजित नगरीकन राष्ट्रियतालाई बचाउन नसकिने भन्दै अध्यक्ष केसीले यस्तो परिस्थितिमा राष्ट्रिय जनमोर्चाका नेता कार्यकर्ताको भूमिका अत्यन्तै महत्त्वपूर्ण हुने भएकोले सबै नेता कार्यकर्ताहरुलाई सक्रिय र जुझारुपूर्वक लाग्न आग्रह समेत गर्नुभएको छ।

    कार्यक्रममा अखिल नेपाल किसान महासंघका उपाध्यक्ष चन्द्रबहादुर केसी, राष्ट्रिय जनमोर्चाका नेता सुरेश थापा लगायतका नेताहरूले बोल्नु भएको थियो।

    कार्यक्रम राष्ट्रिय जनमोर्चा रुपन्देहीका अध्यक्ष बद्रे आलमको अध्यक्षता सचिव टानबहादुर खत्रीको संचालनमा सम्पन्न भएको थियो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology