बुटवल,फागुन २६।
पर्साको पोखरिया नगरपालिकाका नगरप्रमुख दीपनारायण रौनियार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।कांग्रेस पर्साले वीरगञ्जमा आयोजना गरेको प्रमाण पत्र वितरण तथा पदस्थापन कार्यक्रममा रौनियार कांग्रेसमा प्रवेश गरेका हुन् ।
बिहीबार वीरगञ्ज आइपुगेका नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले टिका र माला लगाएर मेयर रौनियरलाई पार्टी प्रवेश गराएका हुन् ।
पहिलो स्थानीय तहको निर्वाचनमा नेपाली जनता दलबाट ३ हजार २६ मत प्राप्त गरेर उनी नगरप्रमुखमा निर्वाचित भएका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)