बुटवल,फागुन २६।
गृहमन्त्री बालकृष्ण खाँणले रात्रिकालीन व्यवसाय चाेबीसै घण्टा चल्न दिने निर्णय गरेका छन् । गृह मन्त्रालयले रात्रिकालीन व्यवसायमा लगाइँदै आएको समय सीमा हटाएर २४ सैं घण्टा चल्न दिने निर्णय गरेको हाे।
गृहको निर्णयसँगै अब होटल, रेस्टुरेन्ट, डान्स, दोहोरी क्लब, लाउन्ज बारलगायतका सबै रात्रिकालीन व्यवसाय २४ सै घण्टा सञ्चालन पाउने भएका छन्।
यसअघि प्रहरी प्रशासनले राती १० बजेपछि कुनै पनि रात्रिकालीन व्यवसाय सञ्चालन गर्न रोक लगाएको थियो।
व्यवसायीले मध्यरात नहुँदै व्यवसाय बन्द गर्दा आर्थिक क्रियाकलाप सुस्ताएको गुनासो गर्दै आएका थिए।
त्यसपछि रात्रिकालीन व्यवसाय सञ्चालनबारे अध्ययन गरेर मापदण्ड बनाउन गृहमन्त्री बालकृष्ण खाणले मन्त्रालयका शान्ति सुरक्षा महाशाखाका प्रमुख फणिन्द्रमणि पोखरेलको नेतृत्वमा १४ सदस्यीय कार्यदल बनाउनुभएको थियो।
कार्यदलले शान्ति सुरक्षालगायतका विषयलाई अध्ययन गरेर रात्रिकालीन व्यवसायलाई रातभर सञ्चालन गर्न दिन सिफारिस गरेको गरेको थियो।
गृहमन्त्री खांँणको चाहना र उक्त सिफारिस अनुसार रात्रिकालीन व्यवसायलाई २४ सै घण्टा चल्नेछन् ।यहि निर्णयले व्यवसायी खुसी भएका छन् ।
निर्णय हेराैँ :-






नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)