Logo मंगलवार, श्रावण १२ गते २०८३
images

आजको मौसम पूर्वानुमान : लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने

आजको मौसम पूर्वानुमान : लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने

  • 7.7K
    SHARES

  • आजको मौसम पूर्वानुमान : लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने

    बुटवल,असोज ३०-

    मौसम पूर्वानुमान महाशाखाले शुक्रबारको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार शुक्रबार देशमा कुनै पनि उल्लेखनिय मौसमी प्रणाली छैन ।

    हालको मौसम भने प्रदेश १, बाग्मती, गण्डकी र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली भइरहेको र बाँकी भूभागहरूमा आंशिक बदली रहेको छ। यसैगरी, दिउँसो प्रदेश १,  बाग्मती  प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ। देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ।


    भने, प्रदेश १ , बाग्मती  प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

    यस्तै, राती  प्रदेश १, बाग्मती,गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ।देशका अन्य भूभागमा आंशिक बदली रहनेछ। प्रदेश १ , बाग्मती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology