बुटवल,फागुन २४ ।
बुटवल लेडी जेसिजले ११२ ओैं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा श्रमिक महिला सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
अध्यक्ष अनुपमा श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुटवल उपमहानगरपालिका उपप्रमुख गुमादेवि आचार्य ले महिलाहरू नेतृत्व लिन सक्षम रहेको बताउनुभयो ।
सो अबसरमा संस्थापक अध्यक्ष रेखा कट्टेल,पुर्व अध्यक्ष रूपा पाण्डे ,तिला पाण्डे , कार्यक्रम संयोजक साबित्रा जिसि लगायतले बोलेका थिए ।सो अबसरमा सक्षम श्रमिक महिला सम्मान गरिएको छ ।
दुइजनालाइ सम्मान पत्र,नगद,दोसल्लाले सम्मान गरिएको हो । सम्मानितहुनेहरूमा बुटवलमा करिब ३ दशकदेखि नवजात शिशु स्याहार गर्दै आएकी (शिशु सुसारे,सुत्केरी स्याहार) उर्मिला चौधरी,बुटवलमा ८ बर्षदेखि रिक्सा चलाउँदै आएकी रिक्सा चालक महिला पबित्रा सार्कि रहेका छन् ।
आजै बुटवल लेडी जेसिजले संयुक्त रक्तदान कार्यक्रम समेत गरेको हाे भने महिलाहरूका लागि तालिम समेत संचालन गरेको संयोजक राधिका खनालले बताउनुभयो । कार्यक्रम महासचिव संगिता ढकालको संचालनमा भएको हो ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)