Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नेपाल तरुण दल पाणिनीको अध्यक्षमा पाण्डे 

नेपाल तरुण दल पाणिनीको अध्यक्षमा पाण्डे 

  • 2.6K
    SHARES

  • नेपाल तरुण दल पाणिनीको अध्यक्षमा पाण्डे 

    अर्घाखाँची,फागुन २३ ।

    नेपाल तरुण दल अर्घाखाँचीको पाणिनी गाउँपालिका अध्यक्षमा लक्ष्मण पाण्डे सर्वसम्मत चयन भएका छन् ।

    सोमबार दुर्गाफाटमा भएको बृहत तरुण कार्यकर्ता भेला तथा पुर्नगठन कार्यक्रमले पाण्डेलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । साथै

    पाण्डेको अध्यक्षतामा ४९ सदस्यीय पालिका स्तरीय तरुण दलको समिति गठन गरीएको छ । 

    यस्तै कार्यक्रममा निर्वाचनलाई केन्द्रित गरेर युवा परिचालन समिति समेत गठन गरीएको नेपाली कांग्रेस क्षेत्र न २ का उपसभापति अर्जुन पोखरेलले बताए । पाण्डे कै संयोजकत्वमा निर्वाचन लक्षित २५० सदस्यीय युवा परिचालन समितिको गठन गरीएको छ । 

    सरकारले निर्वाचनको मिति घोषणा गरे संगै निर्वाचनको तयारी लागि युवा परिचालन गरिने अध्यक्ष पाण्डेले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology