बुटवल,फागुन २२ ।
रुपन्देहीको देवदहमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शाखा संचालनमा ल्याएको छ । साे शाखा लामो समय देखि संचालनमा रहेपनि औपचारिक उद्घाटन भएको थिएन ।
शाखाको आज एक समाराेहका बिच देवदह नगरपालिकाका उप प्रमुख बिद्यालक्ष्मी गुरुङ ,कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल लगायतले रिबन काटेर औपचारिक शुभारम्भ गरे ।
साे अबसरमा चिफ मार्केटिङ अफिसर भूषण रिमाल चिफ विजनेश अफिसर शुनिल पोखरेल, माइक्रो लाइफ प्रमुख रिता पाठक,बुटबल क्षेत्रीय शाखा प्रमुख दुर्गाराज ढकाल ,र तालिम बिभाग प्रमुख कुबेर पाठक, शाखा प्रमुख बिनिता श्रीस सहभागि थिए ।
साे अवसरमा बोल्दै प्रमुख अतिथि देवदह उपप्रमुख बिद्यालक्ष्मी गुरुङले सुख दुखको साथी बीमा आर्थिक जोखिम बहन गर्ने हुँदा बीमा सबैका लागि आवश्यक बन्दै गएको बताइन् । प्रमुख कार्यकारी अधिकृत पौडेलले सिटिजन लाईफ इन्स्याेरेन्सले अधिकांश विधि प्रकृयालाई प्रविधिमैत्री बनाउन सफल भएको बताए ।

उनले भने- ‘हामी प्रविधिलाई उच्चतम प्रयोग गर्ने नीतिका साथ काम गरिरहेका छौँ,’ उनले भने, समयको माग अनुरुप चल्नु नै सिटिजनको सफलता पनि हो ।’ चिफ मार्केटिङ अफिसर भूषण रिमालले बजारको मागलाई बुझेर सेवा वितरणलाई सहज बनाउनुपर्ने बताए ।
उनले इन्स्योरेन्स कम्पनीले आर्थिक जोखिबाट जोगाउने हुनाले अभियानकै रुपमा लाग्नु पर्नेमा जोड दिए।क्षेत्रीय शाखा प्रमुख दुर्गाराज ढकालको स्वागत तथा शाखा प्रमुख बिनिता श्रीसको संचालनमा साे कार्यक्रम भएको हाे ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)