Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवल वडा न ११ मा कांग्रेसद्वारा स्थानीय निर्वाचन प्रचार प्रसार कार्यालय स्थापना

बुटवल वडा न ११ मा कांग्रेसद्वारा स्थानीय निर्वाचन प्रचार प्रसार कार्यालय स्थापना

  • 2.2K
    SHARES

  • बुटवल वडा न ११ मा कांग्रेसद्वारा स्थानीय निर्वाचन प्रचार प्रसार कार्यालय स्थापना

    बुटवल,फागुन २२ ।

    नेपाली कांग्रेस बुटवलले स्थानीय तहका लागि चुनावी प्रचारप्रसार अभियान थालेको छ ।  बैशाख ३० गतेका लागि सरकारले निर्वाचनको मिति घोषणा गरेपछि कांग्रेस बुटवलले प्रचार प्रसारको लागि वडा-वडामा निर्वाचन प्रचार प्रसार कार्यालयको स्थापना गर्न सुरु गरेको छ ।

    बुटवल वडा न ११ देविनगरमा स्थानीय निर्वाचन प्रचार प्रसार कार्यालयको आज नेपाली कांग्रेस रुपन्देही सभापति रामकृष्ण खाँणले उद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्दै उँहाले स्थानीय तहको निर्वाचनले कांग्रेस बलियाे बनाउने पहिलाे चरण भएको बताउनुभयो ।

    कांग्रेसले गरेका काम तथा विकास निर्माणको बारेमा जनतालाई बुझाउन आवश्यकता रहेकोमा खाँणले जोड दिनुभयो । नेपाली कांग्रेस बुटवल उपमहानगरपालिकाका सभापति खेलराज पाण्डेयले कांग्रेसका कार्यकर्ता सधैं जनताको सुख दुखको साथी बन्नु पर्ने बताउनुभयो ।

    महामानव वीपी कोईरालाले प्रतिपादन गरेको समाजबादको सिद्धान्त अनुसार साधारण जीवनमा रहेर जनताको घर घरमा पुगेर सुख दुःखमा साथ दिनको लागि उँहाले आग्रह गर्नुभयो ।

    पाण्डेयले जनताको नजिकको सरकार स्थानीय तह भएकाले वडा-वडामा नेपाली कांग्रेसको जित भएमा जनताले सजिलो गरी सेवा पाउने दाबी गर्नुभयो ।

    २५ जना नेपाली कांग्रेसमा प्रवेश :

    नेपाली कांग्रेस बुटवल वडा नं ११ का सभापति जित बहादुर मल्लले विभिन्न पार्टीहरु परित्याग गरी २५ जना नेपाली कांग्रेसमा प्रवेश गरेको जानकारी दिनुभयो । चुनावी प्रचार प्रसार तथा कार्यकर्ता भेटघाटको लागि कार्यालयको स्थापना गरिएको उँहाले बताउनुभयो ।

    congress prabesh.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology