Logo मंगलवार, श्रावण १२ गते २०८३
images

गृहमन्त्री खाँणको विश्वास : स्थानीय तहको निर्वाचन वैशाख ३० मै हुन्छ

गृहमन्त्री खाँणको विश्वास : स्थानीय तहको निर्वाचन वैशाख ३० मै हुन्छ

  • 2.5K
    SHARES

  • गृहमन्त्री खाँणको विश्वास : स्थानीय तहको निर्वाचन वैशाख ३० मै हुन्छ

    बुटवल,फागुन २२ ।

    गृहमन्त्री बालकृष्ण खाँणले स्थानीय तहको निर्वाचन वैशाख ३० गते नै हुने दावी गरेका छन् । उनले सरकारले तोकेको मिति दायाँबायाँ नहुने दाबि गरे ।

    नेपाली कांग्रेस क्षेत्र नम्बर ३, रुपन्देहीले शनिबार भैरहवामा आयोजना गरेको अग्रज सम्मान, पार्टी प्रवेश तथा व्हील चेयर हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खाँणले निर्वाचनमा कांग्रेसले विजयी प्राप्त गरे विकासको ठूलो लहर ल्याउने बताए । उनले कांग्रेसलाई सबल, गतिशिल र सुदृढ बनाउनुपर्नेमा जोड दिए ।

    उनले भने, ‘स्थानीय तह निर्वाचनमा जित्यौं भने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसको पकड बलियो बन्नेछ । कांग्रेस नेतृत्वमा सरकार बन्यो भने मुलुकमा विकास अघि बढ्छ ।’

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका नेता खाँणले संसद्बाट एमसीसी पारित गरेपछि अन्तर्राष्ट्रिय क्षेत्रमा कांग्रेसप्रतिको भरोसा बढेको दावी गरे । उनले एमसीसीले राष्ट्रको हित गर्दैन, यो निर्वाचनपछि पारित गर्नुपर्छ, खाली चौरमा अमेरिकी सेना आउँछ भनेर प्रचार गरिएको बताए । एमसीसी नेपाल र नेपालीको हितमा रहेको उनको भनाइ थियो ।

    उनले भने, ‘प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिपक्षमा रहँदा नै भन्नुभएको थियो, एमसीसी नेपालको हितमा छ, अमेरिकी सेना आउँदैन, राष्ट्रियतालाई बलियो बनाउँछ । राष्ट्रियता कमजोर बनाउने प्रस्ताव भएको भए हामी स्वीकार नै गर्दैनथ्यौं । ’ उनले बिजुलीको तारबाट बिजुली आउने बताए । नेता खाँणले भने, ‘बिजुलीको तारबाट बिजुली आउँछ, ’सेना आउँदैन । कांग्रेस सबैको पार्टी भएको उनको भनाइ थियो । 

    कार्यक्रममा कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँण, संविधानसभा सदस्य इस्तियाक अहमद खान, जन्नतुन निसा, प्रदेशसभा सदस्य पुष्पा थरुनी, कांग्रेस क्षेत्र नम्बर ३ (क)का सभापति सुरेन्द्र जंग थापा, (ख)का सभापति घनश्याम चालिसे, बुटवल उपमहानगरपालिका सभापति खेलराज पाण्डे, सिद्धार्थनगर सभापति कोशिष बहादुर खड्का, शुद्धोधन गाउँपालिका सभापति दामोदर पौडेल लगायतले बोल्दै आगामी निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउनुपर्ने बताए ।

    कांग्रेस क्षेत्र नम्बर ३ का सभापति सुशील गुरुङको अध्यक्षता तथा सचिव लेखनाथ भट्टराईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    कार्यक्रममा क्षेत्र नम्बर ३ का ३६ वटै वडाबाट विभिन्न पार्टी परित्याग गरी १ हजार जना बढी कांग्रेसमा प्रवेश गर्नुभएको क्षेत्र नम्बर ३ का सचिव लेखनाथ भट्टराईले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology