सन्धिखर्क,फागुन २१ ।
सार्वजनिक खरिद अनुगमन कार्यालय एकीकृत वित्तीय व्यवस्थापन सुधार आयोजना काठमाडाैको आयोजनामा सार्वजनिक खरिद व्यवस्थापन सम्बन्धि ३ दिने तालिम सन्धिखर्कमा सम्पन्न भएको छ ।
कोष तथा लेखा नियन्त्रण कार्यालय र सन्धिखर्क नगरपालिकाको समन्वयमा सन्धिखर्क नगरपालिकाको सभाहलमा सम्पन्न भएको तालिममा जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख,लेखा प्रमुख तथा जिन्सी शाखा प्रमुखहरुको सहभागिता रहेको थियोे ।
तालिमकाे सहजीकरण सार्वजनिक खरिद कार्यलयका निर्देशक सुवास चन्द्र सिवाकाटी लगायतले गर्नुभएको थियोे ।
सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालको सभापतित्व , जिल्ला समन्वय प्रमुख पिताम्बर शर्माको प्रमुख अातिथ्या र सन्धिखर्क नगरपालिकाका दिलिप केसीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हाे ।
समापन कार्यक्रममा छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पाेख्रेल, प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे , सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल ,सार्वजनिक खरिद कार्यलयका निर्देशक सुवास चन्द्र सिवाकाटी ,रमेश अधिकारी,सहभागी दुर्गा न्याैपाने,महराज पाैडेल, रमेश अधिकारी लगायतले मन्तब्य राख्नु भएको थियोे ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)
-
शनिवार, फाल्गुण २१ २०७८०८:११:०३
-