बुटवल,फागुन २० ।
नेपाल निजामती कर्मचारी युनियनको सचिवमा प्रकाश भट्टराईले उम्मेदवारी दिएका छन् ।उनी राजपत्र अनंकित कर्मचारी संरक्षण अभियानका प्रमुख अभियन्ता समेत हुन् । युनियनको महाधिवेशन फागुन २१ देखि शुरू हुँदैछ। जिल्ला र विभागीय कार्यसमितिका अध्यक्ष, महाधिवेशन प्रतिनिधि र युनियनबाट प्रतिनिधित्व गर्ने आधिकारिक ट्रेड युनियनका जिल्लारविभागीय अध्यक्षहरु सहभागी हुने अधिवेशनले आगामी तीन वर्षको लागि नयाँ नेतृत्व चयन गर्नेछ ।
यसैबीच राजनीति शास्त्रमा विद्यावारिधि गर्दै गरेका कर्मचारी युनियन अर्घाखाँचीका पूर्व अध्यक्ष तथा आधिकारिक ट्रेड युनियन अर्घाखाँचीका पूर्व अध्यक्ष रहिसकेका प्रकाश भट्टराईले युनियनको सचिवमा उम्मेदवारी घोषणा गरेका छन् ।
भट्टराईले भने -‘ म विगत १६ वर्षदेखि पेशागत हित र ट्रेड अधिकार प्राप्तिको अभियानमा सक्रिय रूपमा सहभागी हुँदै आएको र गाविस सचिव हकहित संरक्षण केन्द्र, कर्मचारी युनियन आधिकारिक ट्रेड युनियन अर्घाखाँचीको सफलतापूर्वक नेतृत्व गरिसकेकोले अब हुने महाधिवेशनमा केन्द्रीय सचिव पदको स्वाभाविक उम्मेदवार हूँ उनले थपे मैले नेतृत्व गरेका सबै संस्थामा फरक हिसाबले काम गर्दै संस्थागत विकास र संस्थाको उदेश्य प्राप्तिमा सफलता दिलाएको अनुभव आफूसङ्ग रहेकोले केन्द्रीय पदाधिकारी, जिल्लारविभागीय अध्यक्ष तथा महाधिवेशन प्रतिनिधिहरुले निर्वाचनमा मलाई विजयी बनाउने विश्वास लिएको छु ।’
भट्टराईले कर्मचारी युनियन अर्घाखाँचीको नेतृत्व गर्दा पेसागत हित र ट्रेड युनियन अभियानसंगै जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान, पत्रकारिता पुरस्कार स्थापना, विपतमा परेका नागरिकलाई सहयोग वितरणका कार्यक्रम, सचेतनामुलक होडिङ बोर्ड, नागरीक सहायता कक्ष स्थापना लगायतका थुप्रै सामाजिक सेवाका कार्यहरू गर्दै जिल्लामा नेपाल निजामती कर्मचारी युनियनको पहिचान र प्रभाव विस्तार गरी आधिकारिक ट्रेड युनियनको निर्वाचनमा युनियनलाई झण्डै दोब्बर मतले विजयी बनाउन अहम् भूमिका निर्वाह गरेका थिए ।
भट्टराई राजपत्र अनंकित कर्मचारी संरक्षण अभियानको नेतृत्व गर्दै माग स्थापित गराउन क्रियाशील रहँदै आएका छन्।
निजामती सेवामा प्रवेश गरेसँगै जिल्ला स्तरीय युनियनका क्रियाकलापमा सक्रिय हुँदै जिल्लालाई सफल नेतृत्व प्रदान गरेको अनुभव भएकोले नेपाल निजामती कर्मचारी युनियनलाई देशभरमा कसरी प्रथम बनाउन सकिन्छ भन्ने खाका र योजना आफूसँग भएको र पेशागत हित सँगसँगै नेपालको सार्वजनिक सेवाको सुदृढीकरणका माध्यमबाट ट्रेड युनियनको भूमिका अभिवृद्धि गराउन युनियनको आसन्न महाधिवेशनबाट उपयुक्त भूमिका निर्वाह गर्न सक्ने गरी केन्द्रीय सचिव पदको जिम्मेवारी लिन खोजेको बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)