Logo बिहिवार, आश्विन १ गते २०८३
images

गृहमन्त्री खाँणको प्रश्न :एमसीसी पास भए अमेरिकी सेना आउँछ भनिन्थ्यो खै कहाँ आयो सेना ?

गृहमन्त्री खाँणको प्रश्न :एमसीसी पास भए अमेरिकी सेना आउँछ भनिन्थ्यो खै कहाँ आयो सेना ?

  • 3.3K
    SHARES

  • गृहमन्त्री खाँणको प्रश्न  :एमसीसी पास भए अमेरिकी सेना आउँछ भनिन्थ्यो खै कहाँ आयो सेना ?

    बुटवल,फागुन २० ।

    गृहमन्त्री बालकृष्ण खाँणले एमसीसी परियोजना देशको लागि भएको बताएका छन् । उनले यसले नेपालको राष्ट्रियतालाई बलियो बनाउने दावी गरेका छन् ।

    पक्लिहवा माध्यमिक विद्यालय सिद्धार्थनगरको ६३ औं वार्षिकोत्सव समारोह, भवन शिलान्यास तथा अभिभावक भेलालाई शुक्रबार भैरहवामा सम्बोधन गर्दै मन्त्री खाँणले नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाको नेतृत्वमा यो समस्याबाट देशले एक किसिमले मुक्ति पाएको बताए ।

    उनले भने, ‘सभापति देउवाले हामी प्रतिपक्षमा हुँदा र केपी ओलीजी प्रधानमन्त्री हुँदा पनि भन्नुभएको थियो सरकारले प्रस्ताव ल्याओस्, हामी सहयोग गर्छौं, तर ओली नेतृत्वको सरकारले एमसीसी परियोजनालाई टेबुल गराएर प्रक्रियामा अगाडी बढाएर पास गर्ने क्रममा प्रधानमन्त्री ओली आफै दुविधामा हुनुहुन्थ्यो ।’

    एमसीसी परियोजना पास गर्नुपर्छ भन्ने पक्षधर आए पास गर्नुपर्छ र अगाडी बढाउनुहुँदैन भन्ने पक्षधर आए अगाडी बढाउनहुँदैन भनेर ओलीले कुरा गरेको उनको भनाइ थियो । त्यसकारण झण्डै ३ वर्ष एमसीसी पारित हुन नसकेको बताए ।

    ‘३ वर्ष अगाडी एमसीसी प्रस्ताव पास भएको भए आधा काम सम्पन्न भइसक्थ्यो, उनले भने । एमसीसी पास भए सेना आउँथ्यो भनिन्थ्यो, अहिले एमसीसी पारित भयो कहाँ आयो सेना ? उनले प्रश्न गरे । एमसीसी पारित गर्न सहयोग गर्ने सबैलाई उनले धन्यवाद दिए ।

    उनले संघीय लोकतान्कि गणतन्त्रबाट पछाडी फर्कन नसकिने बताए । उनले संविधानमा केही कमीकमजोरी भए त्यसलाई सुर्धान तथा परिस्कृत गर्न सकिने बताए ।

    गृहमन्त्री खाँणले कुनै पनि बहानामा हिंसा र द्वन्द्व स्वीकार्न नसकिने बताए । नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका नेता खाँणले भने, ‘हिंसा स्वीकार गर्न सकिदैन, हिंसा फैलाउने गतिविध नगर्नुहोस् भनेर आग्रह गर्न चाहन्छु । राष्ट्रिय राजनीतिको मूलधारमा नआएका राजनीतिक दललाई पनि मूलधारमा आउन उनले आह्वान गरे ।

    सरकारले आगामी वैशाख ३० गते घोषणा गरेको स्थानीय तहको निर्वाचन आउन अब ७० दिन बाँकी रहेको र सरकारले निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न भूमिका खेल्ने उनले बताए । ‘सबै राजनीतिक दलले स्वच्छ प्रतिष्पर्धा गर्नुहुनेछ भन्ने मलाई विश्वास छ, ’उनले भने ।

    उनले नेपाली जनताले चुनेका जनप्रतिनिधिहरुले बनाएको संविधान भएको र यो संविधानले नै संघीय लोकतान्त्रिक गणतन्त्रण स्थापना गरेकोले यसको सबैले संरक्षण गर्नुपर्ने बताए । गृहमन्त्री खाँणले गणतान्त्रिक शासन व्यवस्थामा जनता नै मुख्य केन्द्रविन्दु भएको बताए ।

    पक्लिहवा माध्यमिक विद्यालयले शिक्षाको विकासका लागि ज्यादै महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उनले शिक्षा मन्त्रालयले पनि यो विद्यालयको भौतिक विकासका लागि बजेट व्यवस्थापन गरोस् भन्ने हामी सबैको चाहना भएको बताए । त्यसका लागि आफूले सम्बन्धित मन्त्री र मन्त्रालयका सचिवलाई आग्रह गर्न उनले बताए । उनले भने, ‘यो विद्यालय वास्तवमै ज्यादै महत्वपूर्ण स्थानमा छ, यहाँको शिक्षक, व्यवस्थापन समिति तथा सञ्चालक टिम, पनि विद्यालयको उन्नयनको लागि प्रयत्न गरिरहेको छ, यसको म प्रशंसा गर्छु ।’ 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology