बुटवल,फागुन २० ।
रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा न १५ मा २१४ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । बिहिबार भएको सम्मान तथा क्रियसिल भेला कार्यक्रममा बिभिन्न दल परित्याग गरि २१४ जना पार्टी प्रवेश गरेको नेपाली काँग्रेसले जनाएको छ ।
उनीहरूलाइ काँग्रेस केन्द्रिय सदस्य तथापूर्वमन्त्रीअब्दुल रज्जाक,क्षेत्रीय सभापति हिराबहादुर खत्री,नगर सभापति हरिलाल पाण्डे लगायतले स्वागत गरेको सचिव तथा कार्यक्रम संचालक आयुशा कडेलले नागरिक अनलाइनलाइ जानकारी दिइन् ।
१४ औं महाधिबेसनबाट निर्वाचित भइ बिभिन्न तह र तप्कामा रहेर आफ्नो जिम्मेवारी सफलता पुर्वक निर्वाह गर्ने नेता जेष्ठ नागरिक तथा कार्यकर्तालाई वडा नं १८ ले सम्मान गरेको छ ।
साे अवसरमा बाेल्दै रज्जाकले लोकतन्त्र बचांउनका लागि कांग्रेसले जित्नैपर्ने बताएका छन् । जनताको हक अधिकार स्थापित र र क्षा गर्नका लागि कांग्रेसनै उत्तम पार्टी भएको उनको भनाइ छ ।
पार्टीको आन्तरिक निर्वाचनमा भएका तिता मिठा कुराको अत्य भई अब एक भएर बैसाख ३० मा हुने निर्वाचमा लाग्ने बेला सुरु भएको बताए।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)