Logo बिहिवार, आश्विन १ गते २०८३
images

हिसान रुपन्देहीद्वारा जिल्ला स्तरीय बुद्धिचाल र हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

हिसान रुपन्देहीद्वारा जिल्ला स्तरीय बुद्धिचाल र हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

  • 2.2K
    SHARES

  • हिसान रुपन्देहीद्वारा जिल्ला स्तरीय बुद्धिचाल र हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

    बुटवल,फागुन १९ ।

    हिसान रुपन्देहीले आयोजनामा जिल्ला स्तरीय बुद्धिचाल र हाजिर जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।स्कलर्स होम माविमा  चेस प्रतियोगिता र ग्लोरियस मावि कालिकानगरमा  हाजिरी जवाफ प्रतियोगिता भएको हो ।

    हाजिरी जवाफ प्रतियोगितामा एभेष्ट मा वि बुटवल प्रथम ,मणिमुकुन्द मा वि दोश्रो र  ग्लोरियस माविले तेस्रो  स्थानले हात पारेको छ । भने चौथौ स्थान ग्रिन प्याट मा वि देवदहले  हात पारेको छ ।

    दुवै  प्रतियोगितमा १६ वाट  विद्यालयको सहभागिता रहेको थियो । हिसान रुपन्देहीका अध्यक्ष कृष्ण प्रसाद पौडेलको अध्यक्षता भएको कार्यक्रमा  प्रमुख अतिथी प्राध्यापक डा.रामचन्द्र आर्चाय,हिसान वरिष्ठ उपाध्यक्ष दिनेस भुसााल ,हिसानका जिल्ला अध्यक्ष गोपाल न्यौपाने,एन प्यासनका पुर्व अध्यक्ष देउ प्रकास राई  लगायत बोलेको प्रतियोगिताका संयोजक तथा हिसान रुपन्देहीका सचिव पुष्प घिमिरेले जानकारी दिए ।

    यता  स्कलर्स होम माविमा  चेस प्रतियोगिता  भएको छ प्रतियोगिताको फाईल  सुक्रबार हुने छ ।रुपन्देहीका १६ विद्यालयका कक्षा ११ र १२ अध्ययरत विद्यार्थीहरुले भाग लिएको प्रतियोगितमामा ४ जना फाईललन चरण प्रवेश गरेको प्रशिक्षक  विजय गूरुङ्गले बताए ।

    प्रतियोगिताकोे उघाद्धन राष्ट्रिय युवा परिषदका सदस्य सन्दीप सापकोटाले गरेका थिए । विद्यालयका प्राचार्य बावुराम बन्जाडेको अध्यक्षता भएको कार्यक्रमा हिसान रुपन्देहीका अध्यक्ष कृष्ण प्रसाद पौडेल ,कोषाध्यक्ष तुल्सी प्रसाद सापकोटा,गाेपाल न्याैपाने लगातयले बोलेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology