Logo बिहिवार, आश्विन १ गते २०८३
images

थप १०५ जनामा कोरोना संक्रमण,३ जनाको मृत्‍यु

थप १०५ जनामा कोरोना संक्रमण,३ जनाको मृत्‍यु

  • 1.6K
    SHARES

  • थप १०५ जनामा कोरोना संक्रमण,३ जनाको मृत्‍यु

    बुटवल,फागुन १९ ।

    पछिल्लो २४ घण्टामा थप १०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ३ जनाको मृत्‍यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ४४८ जनाको पीसीआर परीक्षण गर्दा ७० जना र २ हजार ४७६ जनाको एन्टीजेन परीक्षण गर्दा ३५ जना गरी १०५ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा ३२० जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल ७ हजार ५१७ जना संक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये ७ हजार ३४९ जना होम आइसोलेसनमा रहेका छन् भने १६८ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

    कोरोनाका बिरामीमध्ये ६१ जना आईसीयू र ९ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

    बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १६ हजार ७६१ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९४३ पुगेको छ भने ९ लाख ५७ हजार ८०८ जना संक्रमणमुक्त भएका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology