बुटवल,फागुन १९ ।
रुपन्देहीको तिलोत्तमामा स्केट पार्क निर्माण भएको छ । पार्कको शनिबार उद्घाटन हुने भएको छ । स्केट एड नेपाल फाउण्डेशनले तिलोत्तमा नगरपालिका वडा न ४ मा समुदाय स्तरको स्केट पार्क निर्माण गरेको हो ।
हालै सम्पन्न भएको स्केट पार्क उद्घाटनका लागि स्केट एड इन्टरनेशनलका संस्थापक अध्यक्ष टिटस डिटमान सहितको टोली नेपाल आइपुुगेको छ ।
अध्यक्ष टिटस सहितको टोलीले विहिबार सञ्चारकर्मीसँग छलफल गरेको छ । संस्थापक अध्यक्ष टिटसले स्केट खेलमा नेपालको उच्च सम्भावना रहेकाले पार्कले हजारौं युवापुस्तालाई आर्कषित गर्ने बताए ।
उनले सामुदायस्तरमा तिलोत्तमामा बनेको स्केट पार्क दक्षिण एसियाकै पहिलो भएकाले स्केट खेलाडीका लागि ठूलो अवसर बनेको बताए । विश्वसनिय र राम्रो साझेदार भएका देशमा मात्रै आफूहरुले स्केट एडको अभियानसँग जोडीएको बताउँदै नेपाललाई त्यसरी नै छनौट गरिएको स्केट एड इन्टरनेशनलका प्रबन्ध निर्देशक टोबिस इगलकाम्पले बताए ।

तिलोत्तमा नगरपालिकाले उपलब्ध गराएको जग्गामा स्केट पार्क तयार भएको हो । पहिलो चरणको स्केट पार्क निर्माण सम्पन्न भएकाले उद्घाटनको तयारी गरिएको स्केड एड नेपालका अध्यक्ष जागृत पहाडीले बताए । दोस्रो र तेस्रो चरणमा पार्कलाई इन्डोर बनाउने गरि योजना बनेको अध्यक्ष पहाडीले बताए ।
पहिलो चरणमा स्केट पार्क तयार भएको छ । फ्रान्स, जर्मनी, क्यानडा, स्पेन, जापान, भारत र नेपालका स्केट क्षेत्रका करिव ६० जना व्यक्तिहरुले स्वयसेविक रुपमा निर्माण सम्पन्न भएको पहाडीले बताए । पार्क निर्माणका लागि स्थानीय सरकार तिलोत्तमा नगरपालिका, वडा कार्यालय र स्थानीयहरुको सहयोग अमूल्य रहेकाले सबैको सहभागितामा उद्घाटन गरिने अध्यक्ष पहाडीको भनाई छ ।
पार्कको उद्घाटनपछि स्केटको नियमित अध्यास गराईने स्केट एडका अन्र्तराष्ट्रिय निर्देशक एंव स्केट खेलाडी ग्याविरियल रोमा सन्तोषले बताए ।

सन २०२३ सम्म सम्पन्न गर्ने गरि शुरु गरिएको पार्क सम्पन्न हुँदा करिव साढे २ करोड लागत लाग्ने फाउण्डेशनले जनाएको छ । एशियन प्रतियोगितामा समावेश रहेको यो खेलमा नेपालले विभिन्न प्रतियोगितामा भाग लिदै आएको छ ।
स्केट पार्ककको अभावका विच पनि नेपाली खोलडीले अन्र्तराष्ट्रिय प्रतियोगितामा राम्रो प्रदर्शन गरेकाले पार्क निर्माणले ठूलो योगदान गर्ने अपेक्षा आयोजकले गरेका छन ।
सन् २०१६मा थाइल्याण्डमा भएको मेन्स च्याम्पियन सिपमा नेपाली मिलन शाह च्याम्पियन, २०२१ मा भारतमा भएको प्रतियोगितामा समिक्षा राई महिलातर्फ च्याम्पियन र मेन्स च्याम्पियनसिपमा गजेन्द्र बर्देवा प्रथम भएका थिए ।
एसिया प्रतियोगितामा यो वर्ष पनि ३ जना जाने तयारी भइरहेको अध्यक्ष पहाडीले बताए । नेपालमा काठमाडौ, धरान, पोखरा, बुटवलमा गरि २ सय बढि खेलाडी छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)