Logo बिहिवार, आश्विन १ गते २०८३
images

एमसीसी संसदबाट फिर्ता गर्न स्वतन्त्र नागरिक समूहको आग्रह

एमसीसी संसदबाट फिर्ता गर्न स्वतन्त्र नागरिक समूहको आग्रह

  • 2.0K
    SHARES

  • एमसीसी संसदबाट फिर्ता गर्न स्वतन्त्र नागरिक समूहको आग्रह

    बुटवल,फागुन १९ ।

    संसदबाट पास भएको अमेरिकी परियोजना एमसीसीले नेपालको स्वाभिमान र अस्मितामाथि आंच पुराएको स्वतन्त्र नागरिक समूह नेपालले  बताएको छ ।

    स्वतन्त्र नागरिक समूह नेपालका अध्यक्ष विश्वराज गैह्रे र महासचिव टोपबहादुर केसीले बिहीबार विज्ञप्ती निकाली एमसीसी परियोजना नेपालको हितमा नभएकाले बुद्दिमतापूर्वक विवेक पुराएर संसदबाट फिर्ता गरी रद्द गर्नुपर्ने बताएका छन् ।

    संसदबाट पास गरिएको एमसीसी सम्झौता स्वतन्त्र नागरिक समूहले खारेज गर्न दवाव दिदै आएकाले यो सम्झौता खारेज गर्नुपर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

    देशभक्तिपूर्ण सुझावलाई आत्मसाथ गरिएन भने राज्य व्यवस्था नै परिवर्तनका लागि निरन्तर महान बहस र संघर्ष गर्ने विज्ञप्तीमार्फत चेतावनी दिइएको छ । अन्ध राजनीतिक नेतृत्वले बिदेशीसंग भिख मागी देश, जनताको सर्वोच्चता गिराउने अति घृणित र निन्दनीय कामले नेपालीलाई दास बनाउने काम भएकोसमेत विज्ञप्तीमा उल्लेख गरिएको छ ।

    आपसी भाइचारा अभिवृद्दि गर्दै हाम्रो श्रोत,साधनको  समूचित प्रयोग गरी हामी सम्वृद्दितर्फ लाग्नुपर्छ भन्ने मान्यताका साथ हाल सरकारले संसदबाट पास गरेको एमसीसी परियोजनाले हाम्रो स्वाभिमान र अस्मितामाथि बलत्कार गरेकाले यो एमसीसी सम्झौता गलत भएकाले खारेज गर्न विज्ञप्तीमार्फत आग्रह गरिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology