Logo मंगलवार, श्रावण १२ गते २०८३
images

वर्षाका कारण धान बालीमा क्षति ब्यहोरेका दाङका कृषकलाई १० करोड राहत

वर्षाका कारण धान बालीमा क्षति ब्यहोरेका दाङका कृषकलाई १० करोड राहत

  • 1.7K
    SHARES

  • वर्षाका कारण धान बालीमा क्षति ब्यहोरेका दाङका कृषकलाई १० करोड राहत

    दाङ,फागुन १९ ।

    दाङ जिल्लामा बेमौसमी वर्षाका कारण धान बालीमा क्षति ब्यहोरेका किसानको राहतका लागि १० करोड बजेट गएको छ ।

    जिल्ला प्रशासन कार्यालय दाङको नाममा सो बजेट आएको हो । क्षति भएको लामो समयपछि संघीय सरकारले सो रकम पठाएको हो । गत आखिरी र कात्तिको पहिलो साता भएको बेमौसमी वर्षाले दाङमा करिब ७० करोड रुपैँया बराबरको धान बालीमा क्षति पुगेको थियो ।

    जिल्लामा ८ हजार ९ सय हेक्टरमा लगाईएको धानबालीमा करिब २८ हजार मेट्रिक टन धानमा नोक्सान भएकोथियो । जसमध्ये करिब ५ सय हेक्टर खेतमा काटेर सुकाएको धान भेलले बगाएको थियो भने ८ हजार पाँच सय हेक्टरमा लगाईएको धान बर्षाले ढालेर नोक्सान गरेको थियो ।

    जिल्लामा ३९ हजार हेक्टरमा धान खेती गरिएकोथियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology