बुटवल,फागुन १८ ।
लुम्बिनी प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा बुटवलमा युवा जयप्रकाश भट्टराई नियुक्त भएका छन् । लुम्बिनी प्रदेश मन्त्री परिषद् तथा मन्त्री स्तरीय निर्णयबाट उनी प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा नियुक्त भएका हुन् ।
लुम्बिनी प्रदेशका शिक्षा,बिज्ञान युवा तथा खेलकुद मन्त्री बसिउद्दिन खाँले भट्टराईलाई सदस्य सचिवमा नियुक्त भएको प्रमाणपत्रसहित र सपथ ग्रहण गराएका हुन् ।
जन्मस्थान गल्याङ नगरपालिका ५ स्याङ्जा रहेका भट्टराइ हाल बुटवल ७ रूपन्देहीका स्थायी बासिन्दा हुन् । ३८ बर्षिय युवा भट्टराई स्कलर्स होम फुटबल एकेडमीको संस्थापक संरक्षक,नेपाल विद्यालय फुटबल संघ संस्थापक सदस्य समेत भैसकेका छन् ।
उनले अब खेल क्षेत्रको थप विकासका लागि सबैपक्षलाई मिलाएर जाने नागरिक अनलाइनसंग प्रतिक्रिया दिए । उनी भन्छन्- ‘जिम्मेवारी सहि ढंगले निर्बाह गर्नेछु,जिल्ला,प्रदेश,तथा राष्ट्रिय खेलाडी उत्पादन र तयार गर्ने काम संगसंगै हुनेछ ।’
खेलाडी समेत रहेका उनले यसअघि प्याब्सन तथा एन प्याब्सनमा आबद्ध रहँदा खेलकुद संयोजकको भुमिका समेत निर्बाह गरेका थिए भने तथा बिभिन्न खेलकुदमा आफै विद्यार्थी बोकेर फुटबल खेलको लागि पुग्ने गर्दथे ।
उनी यसअघि स्कलर्स होमका प्रिन्सिपल तथा राेजबड एकेडेमीका अध्यक्ष समेत रहेर काम गरिसकेका छन् ।
त्यस्तै सरकारले परिषद्को सदस्यमा रोल्पाका हरि बहादुर वलीलाइ पनि नियुक्ति गरेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)