Logo बिहिवार, आश्विन १ गते २०८३
images

दाङमा सवारी दुर्घटना,एक जनाको मृत्यु,तीन घाइते

दाङमा सवारी दुर्घटना,एक जनाको मृत्यु,तीन घाइते

  • 3.4K
    SHARES

  • दाङमा सवारी दुर्घटना,एक जनाको मृत्यु,तीन घाइते

    दाङ,फागुन १८ ।

    दाङका छुट्टाछुट्टै ठाउँमा भएका सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने तीन  जना घाइते भएका छन् । दाङको देउखुरीमा  कार र मोटरसाइकल एकआपसमा ठोकिँदा एक बालिकाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा राप्ती गाउँपालिका ७ आनन्दपुर बस्ने मोटरसाइकलमा सवार सिमासर चौधरीको छोरी १० वर्षीया सन्ध्या चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले  जनाएको छ । 

    यस्तै घाइते हुनेमा राप्ती ६ सगरापुर बस्ने ४५ वर्षीय जयराम चौधरी, मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ४० बर्षीया बेदकुमारी चौधरी र पैदलयात्री लमही ८ असनी बस्ने २८ बर्षीय पारस बोहोरा रहेको प्रहरीले  जनाएको छ । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

    गोबरडियाबाट सिसहनियातर्फ जाँदै गरेको लु २ च ७६८२ नम्वरको कार र विपरीत दिशाबाट आउँदै गरेको रा ४ प ३४६१ नम्वरको मोटरसाईकल  गढवा २ महादेवा पुल नजिकै ठोकिँदा दुर्घटना भएको हो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology