Logo बुधवार, श्रावण १३ गते २०८३
images

लुम्बिनी विकास कोषमा कोषाध्यक्षसहित ९ जना परिषद् सदस्यद्वारा पदभार

लुम्बिनी विकास कोषमा कोषाध्यक्षसहित ९ जना परिषद् सदस्यद्वारा पदभार

  • 3.6K
    SHARES

  • लुम्बिनी विकास कोषमा कोषाध्यक्षसहित ९ जना परिषद् सदस्यद्वारा पदभार

    बुटवल,फागुन १८ ।

    लुम्बिनी विकास कोषको कोषाध्यक्ष सहित ९ जना परिषद सदस्यहरुलाई कार्यालयमा पदभार तथा स्वागत कार्यक्रम एक कार्यक्रमका विच सम्पन्न गरिएको छ ।

    नेपाल सरकार, मन्त्रिपरिषदले गत फागुन ५ गते कोषाध्यक्षमा ढुण्डीराज भट्टराई (सिद्धिचरण) सहित ९ जना परिषद सदस्यलाई ५ बर्षका लागि नियुक्त गरेको थियो ।

    नवनियुक्त कोषाध्यक्ष भट्टराई सहितका परिषद सदस्यलाई कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी (भिक्षु मैत्तय), सदस्य सचिव सानुराजा शाक्य लगायतले कार्यालयमा एक कार्यक्रमको आयोजना गरि पदभार तथा स्वागत गर्नुभएको हो ।

    siddhi charan.jpg

    पदभार ग्रहण गर्दै कोषाध्यक्ष भट्टराईले लुम्बिनी गुरुयोजना समयमै सक्ने र लुम्बिनीलाई स्मार्ट लुम्बिनी बनाउन आफुले योजनाबद्ध काम साथै तिलौराकोट, देवदह लगायत बुद्धसँग सम्वन्धीत स्थानको विकासमा लागी पर्ने बताउँदै त्यसको लागि सबैको सहयोग, सहकार्य जरुरी रहेको बताउनुभयो । 

    कार्यक्रममा कोषका उपाध्यक्ष अवधेश कुमार ज्ञिपाठीले लुम्बिनी गुरुयोजना समयमै सम्पन्न गर्न र लुम्बिनीको गरिमा अझै प्रभावकारी गराउन कोषाध्यक्ष र परिषद सदस्यहरुको नियुक्तिले उर्जा प्रदान गरेको  बताउनुभयो । सो अवसरमा सदस्य सचिव सानुराजा शाक्यले कोषको कोषाध्यक्ष र सदस्यहरु रिक्त हुँदा कतिपय कामहरु प्रभावकारी ढंगले अगाडी बढ्न नसकेको अवस्थामा सरकारले गरेको निर्णयले आफुहरुलाई उत्साहित बनाएको बताउनुभयो ।

    कोषका अधिकृत ज्ञानिन राईको सञ्चालनमा भएको स्वागत कार्यक्रममा सूचना अधिकारी राजन बस्नेत लगायतले बोल्नुभएको थियो । सरकारले नियुक्त गरेको कोषाध्यक्ष भट्राई गुल्मीमा जन्म भइ विगत तीनदशकदेखीरुपन्देही निवासी हुनुहुन्छ ।

    लुम्बिनीबारे लामो समय अध्ययन गर्दै आउनुभएका उहाँ लुम्बिनी बौद्ध विश्वविद्यालयबाट स्नाकोत्तर गर्नुभएको छ । नेपाल सरकारले यसपालि रुपन्देहीका अतिरिक्त कपिलवस्तु, नवलपरासी लगायतका जिल्लाबाट कोषको परिषद सदस्यमा नियुक्त गरेकाले समग्र बुद्धस्थलको विकासमा टेवा पुग्ने स्थानीयमा आशा पलाएको लुम्बिनी विकास कोषका प्रेस सल्लाहकार विकास बन्जाडेले जानकारी दिनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology