Logo बिहिवार, आश्विन १ गते २०८३
images

एमसीसी सम्झौता संसदबाट पारित भएको विरोधमा ८ राजनीतिक दलले देशव्‍यापी प्रदर्शन गर्ने

एमसीसी सम्झौता संसदबाट पारित भएको विरोधमा ८ राजनीतिक दलले देशव्‍यापी प्रदर्शन गर्ने

  • 2.3K
    SHARES

  • एमसीसी सम्झौता संसदबाट पारित भएको विरोधमा ८ राजनीतिक दलले देशव्‍यापी प्रदर्शन गर्ने

    बुटवल,फागुन १८ ।

    अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता संसदबाट पारित भएको विरोधमा आठ राजनीतिक दलले देशव्‍यापी प्रदर्शन र सभा गर्ने भएको छ ।

    नेपाल कम्युनिस्ट पार्टी, नेकपा क्रान्तिकारी माओवादी, नेकपा, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, नेकपा माओवादी केन्द्र समाजवादी, देशभक्त जनगणतान्त्रिक मोर्चा र राष्ट्रिय जनमोर्चाको मंगलबार बसेको बैठकले एमसीसी राष्ट्रघाती रहेको भन्दै देशव्‍यापी प्रदर्शन र विरोधसभा गर्ने भएका हुन् ।

    आठ दलीय मोर्चाले एमसीसी संसदबाट अनुमोदन गर्न नेकपा एमालेले संसद घेराउको बहानामा सघाएको आरोप पनि लगाएको छ ।

    विज्ञप्तिमा भनिएको छ, ‘‘एमसीसी संसदबाट पारित हुँदै गर्दा नेकपा एमालेले त्यसका विरुद्ध संघर्ष गर्नुको सट्टा वेल घेराउको बहानामा सम्झौता पारित गर्न सघाउ पुर्‍याउने कार्य गरी नेपाली जनता र राष्ट्रपति अन्तर्घात गरेको छ। ‘

    मोर्चाले फागुन २० गतेदेखि चैत ६ गतेसम्‍म संघर्षका कार्यक्रमहरुसमेत घोषणा गरेका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology