काठमाडौं,असोज २९–
मध्य बानेश्वरमा रहेको ग्लोबल आइएमई बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार भएको छ। बैंकको सुरक्षा गार्ड रुद्रबहादुर मगरमाथि खुकुरी प्रहार भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरेले जानकारी दिए।
बिहीबार बैंकमा सेवा लिन पुगेका युवा लाइनमा बसेका थिए। रुद्रले लाइन मिलाइरहेका थिए। सोही विषयमा विवाद हुँदा ती युवाले गार्डले कम्मरमा भिरेको खुकुरी झिकेर उनीमाथि नै प्रहार गरेको पाइएको एसपी राठौरले बताए।
खुकुरी प्रहारबाट गार्डको हातमा चोट लागेको छ। उनको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ। खुकुरी प्रहार गर्ने युवककाे पहिचान भइसकेको र फरार रहेकाले खोजी सुरु भएको प्रहरीले जनाएको छ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)