Logo मंगलवार, श्रावण १२ गते २०८३
images

फागुन २० मा हुने मिडिया कप फुटसलको खेलतालिका सार्वजनिक

फागुन २० मा हुने मिडिया कप फुटसलको खेलतालिका सार्वजनिक

  • 3.0K
    SHARES

  • फागुन २० मा हुने मिडिया कप फुटसलको खेलतालिका सार्वजनिक

    बुटवल,फागुन १७ ।

    मिडिया कप फुटसलको टाइसिट सार्वजनिक गरिएको छ । ग्लोबल आवाजद्वारा आयोजना गर्न लागिएको दोस्रो टेनस्टिल्स मिडिया कप फुटसल–२०७८ को टाइसिट सार्वजनिक गरिएको हो । 

    रुपन्देहीको तिलोत्तमा भलवारी स्थित सनराई फुटसल एरिनामा जिल्लाका विभिन्न १४ वटा सञ्चारगृहमा आवद्ध सञ्चारकर्मीहरु खेलमा सहभागी हुने भएका छन् ।

    नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलको उपस्थितिमा प्रतियोगिताका निर्णायक समिति संयोजक यमलाल भुसाल, सदस्यहरु निदेश पाण्डे, विश्वास ढकाल लगायतको रोहबरमा गोलापर्थाद्वारा प्रतियोगिताको समय तालिका (टाइसिट) तय गरिएको हो । प्रतियोगितालाई मैत्रीपूर्ण तथा निस्पक्ष बनाउनका लागि निर्णायक समितिहरुबाट छानविन तथा रुजू गरी छनोट भएका समूहहरु बीच प्रतिष्पर्धा गराउने गरी टाइसिट निर्धारण गरिएको छ । 

    प्रतियोगितामार्फत जिल्लाका सबै सञ्चारकर्मीहरुलाई सहभागी गराउने गरी मैत्रीपूर्ण, आपसी सद्भाव तथा सम्बध कायम गर्ने उद्देश्य राखिएको ग्लोबल आवाजका प्रबन्ध सम्पादक गौतम भुसालले बताए ।

    जितको मानसिकताभन्दा पनि मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने मानसिकता विकासका लागि प्रतियोगिताले सहयोग गर्ने अपेक्षा राखिएको सम्पादक एन.बी. कंडेलले बताए । प्रतियोगिताको विजेताले २५ हजार नगदसहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने उप विजेताले १५ हजार नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।

    यसैगरी विधागत रुपमा सर्वोत्कृष्ट खेलाडीलाई ३ हजार ५ सय नगद राशीले सम्मान गर्नुका साथै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल किपर र उत्कृष्ट फरवार्डरलाई समान २ हजार ५ सय नगदराशीले सम्मान गरिने खेल संयोजक डि.बी. सुस्लिङले जानकारी दिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology