बुटवल,फागुन १७ ।
नेकपा एमाले राष्ट्रिय सभा सचेतक खिमलाल भट्टराईले कर्मचारी संगठनले आफ्ना अधिकारसँगै नागरिकको जिम्मेवारी र दायित्वलाई आत्मसाथ गरेर अगाडि बढ्न आग्रह गरेका छन् ।
मंगलबार नेपाल निजामती कर्मचारी संगठन रुपन्देहीको ११ औं जिल्ला अधिवेशनमा बोल्दै उनले यस्तो बताएका हुन् ।उनंले एमाले नेतृत्वको सरकारले सुरुवात गरेको विकास तथा समृद्धिका कार्यक्रमले देशलाई समृद्धिको बाटोमा डोराउन थालेपनि केही दलका स्वार्थी नेताहरुको लोभले देशलाई अस्थिरतातर्फ लगेको बताए ।
लुम्बिनी प्रदेशका प्रमुख सचिव डिल्लीराम शर्माले प्रादेशिक संरचना नयाँ भएकाले पनि धेरै काम प्रभावकारी हुन नसकेको स्वीकार गर्दै आवश्यकभन्दा बढी मन्त्रालय थपिएका कारण कर्मचारी अभावमा कार्यसम्पादन सन्तोषजनक नभएको बताए ।आधिकारिक ट्रेड युनियनका केन्द्रीय सदस्य तथा प्रदेश संयोजक मेघदेव पन्तले सरकार परिवर्तनसँगै कर्मचारीलाई गरिएको अनावश्यक सरुवाले सरकारका काम प्रभावकारी बन्न नसकेको बताए ।
रुपन्देही अध्यक्ष केशव भट्टराईको अध्यक्षता सचिव कमल पराजुलीको संचालनमा भएको कार्यक्रममा कर्मचारी संगठनका वरिष्ठ केन्द्रीय उपाध्यक्ष लेखनाथ कोइराला, उपाध्यक्षहरु भवानी दाहाल, दधिराम मरासिनी, महासचिव रेवन्त गौतम लगायतले शुभकामना व्यक्त गरेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)