Logo बिहिवार, आश्विन १ गते २०८३
images

सुपर लिग क्रिकेटमा साई ग्लोबल ६ विकेटले बिजयी

सुपर लिग क्रिकेटमा साई ग्लोबल ६ विकेटले बिजयी

  • 2.1K
    SHARES

  • सुपर लिग क्रिकेटमा साई ग्लोबल ६ विकेटले बिजयी

    बुटवल,फागुन १७ । 


    रुपन्देही सुपर लिगको आजको खेल साई ग्लोबल क्रिकेट क्लबले जितेको छ । भैरहवाको सिद्धार्थ क्रिकेट मैदानमा जारी प्रतिस्पर्धामा साई ग्लोबलले स्टार क्रिकेट क्लबलाई ६ विकेटले पराजित गरेको हो ।

    टस जितेर पहिले व्याटिङ गरेको स्टार क्रिकेटले २८ ओभर दुई बलमा सबै विकेट गुमाउँदै एक सय ११ रन बनायो । जसमा अनिल थापाले सर्वाधिक २३ रन बनाए । निश्चल ज्ञवाली १६ र रोहन अर्यालले १२ रन बनाए ।

    साई ग्लोबलका अभिषेक कोहारले चार तथा बेतुल्ला खानले दुई विकेट लिए । एक सय १२ रनको लक्ष्य साई ग्लोबलले २४ ओभरमा चार विकेटको क्षतीमा पुरा गर्यो ।

    उसकालागि रुपेश बास्तोलाले २३, लोकेन्द्र शेनले २१ र आकाश त्रिपाठीले १७ रन जोडे । स्टारका सम्सुजमा खान, रोहन अर्याल र सुभम खनालले समान एक–एक विकेट लिए । म्यान अफ दी म्याच अभिषेक कोहार घोषित भए । भोली शंकरनगर क्रिकेट क्लब र बुटवल राइनोजबीच प्रतिस्पर्धा हुनेछ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology