बुटवल,फागुन १७ ।
आज महाशिवरात्री पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा–आराधना गरी देशभर मनाइएको छ ।
वैदिक सनातन हिन्दू धर्मावलम्बीले बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गरेका छन । पाल्पा र रुपन्देहीको सिद्धबाबा धाम, मुक्तिनाथधाम, बोलबमधाम, नरेनापुरधाम,श्रृंगेश्वरधाम, निलकण्ठबाबाधाम,शिद्धेश्वरधाममा दिनभर पूजाआजा गर्नेको भिड थियो ।
बुटवल १२ को नयागांउ मुक्तिनाथधाममा रातभर जाग्राम सहित भजनकृतन गरिने स्वामि लोकानन्दले जानकारी दिनुभयो । धाममा बिहानैदेखि श्रद्धालुहरु जर्लापणका लागि लाम लागेका थिए ।

उता पाल्पाको बगनासकाली बराङ्दीको महामृत्युञ्जय कैलाशनगर शिवालय मन्दिर शिवासन, सिद्धवावा धाम तानसेनको ठुटेपिपल वद्रेश्वर शिवालय, बतासेडाडा, प्रभास, नारायणस्थान, दमकडा, रामपुर लगायतका स्थानमा रहेका शिवालय मन्दिरहरुमा भक्तजनहरुको भिडभाड रहेको थियो ।
व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ ।पशुपतिनाथ सहितका देशभरका शिवालयहरुमा शिवको पूजा आराधना गर्नेहरुको विहानैदेखि घुइचो लागेको छ ।
उता महाशिवरात्रि पर्वको अवसरमा रुपन्देहीको तिलोत्तमा २ मा रहेको सिद्धेश्वर महादेब मन्दिरमा बिशेष पूजाअर्चना साथै भजनकृतन भएको छ ।
आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा–आराधना गरी गरिएको सिद्धेश्वर महादेब मन्दिरका अध्यक्ष खिलबहालुर पौडेलले जानकारी दिए ।आजको दिनमा वैदिक सनातन हिन्दू धर्मावलम्बीले बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् ।
बिस २०५४ सालमा लक्ष्मण पौडेलले स्थापना गर्नुभएको सिद्धेश्वर महादेब मन्दिर २ कठ्ठा क्षेत्रफलमा फैलिएको छ भने मन्दिरमा २ जना पण्डितबाट दैनिक पुजाआजा हुनेगरेको छ । साथै हरेक एकादशी र सोमबार भजनकृतन हुनेगरेको उनले बताए ।
सिद्धेश्वर महादेब मन्दिर पुनर्निर्माण गरि ब्यबस्थित गरिएको मन्दिर पुनर्निर्माण समिति अध्यक्ष लोकनाथ ज्ञवालीले बताए ।

व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)