Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवलमा आईसीयू बेड नपाएपछि दाङ लैजादैगर्दा अर्घाखाँचीका कोरोना संक्रमितकाे बाटैमा मृत्यु

बुटवलमा आईसीयू बेड नपाएपछि दाङ लैजादैगर्दा अर्घाखाँचीका कोरोना संक्रमितकाे बाटैमा मृत्यु

  • 4.5K
    SHARES

  • बुटवलमा आईसीयू बेड नपाएपछि दाङ लैजादैगर्दा अर्घाखाँचीका कोरोना संक्रमितकाे बाटैमा मृत्यु

    बुटवल,असोज २९ -

    उपचारका लागि बुटवल आएका अर्घाखाँचीबाट एक जना कोरोना संक्रमितकाे आईसीयू बेड नपाएकै कारण मृत्यु भएको छ । रुपन्देहीका सबै कोरोना अस्पतालमा आईसीयू भरिएपछि दाङको बेलझुण्डी लैजाँदा लैजाँदै  उनकाे मृत्यु भएको हो ।

    असोज २७ गते कोरोना संक्रमित पुष्टि भएका अर्घाखाँची भुमिकास्थान- ९का ७३ वर्षिय पुरुषको आईसीयू बेडका लागि दाङ लैजाने क्रममा बाटोमा मृत्यु भएको लुम्बिनी अस्पतालले पुष्टि गरेको छ ।

    २८ गते देखि धागो कारखाना स्थित कोरोना बिशेष अस्पतालमा उपचाररत उनको मध्यराती स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालले दाङको बेलझुण्डी रेफर गरेको थियो । दाङ लैजाने क्रममा बिहान ७ः४५ बजे उनको मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology