बुटवल,फागुन १६ ।
देवस्थल मन्दिर योगीकुटीमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ। हिन्दुहरुको महान पर्व शिवरात्रीको पुर्वसन्धयामा मन्दिर सञ्चालक समितिले सरसफाई कार्यक्रम सम्पन्न गरेको छ।
शिवरात्रीमा विशेष पुजा आयोजना गरिएकोले पुर्व सन्धयामा भक्तजनहरुको भावनालाई मध्यनजर गरि सरसफाई कार्यक्रम गरिएको अध्यक्ष अशोक गुरुङले बताउनु भयो।
सरसफाई कार्यक्रममा स्थानिय, भक्तजन समितिका पदाधिकारी सदस्य सहितको उपस्थिति रहेको थियो भने कार्यक्रममा बरिष्ठ उपाध्यक्ष पुष्पा शर्मा,उपाध्यक्ष यदुनाथ पाण्डे ले भनाई राख्नुभएको थियो भने सञ्चालन सचिव कमल नेपालले गर्नुभएको थियो।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)