Logo बिहिवार, आश्विन १ गते २०८३
images

रुसले युक्रेनमाथि गरेको आक्रमणको विरोधमा शान्ति समाजद्वारा काठमाडाैमा प्रदर्शन

रुसले युक्रेनमाथि गरेको आक्रमणको विरोधमा शान्ति समाजद्वारा काठमाडाैमा प्रदर्शन

  • 2.8K
    SHARES

  • रुसले युक्रेनमाथि गरेको आक्रमणको विरोधमा शान्ति समाजद्वारा काठमाडाैमा प्रदर्शन

    बुटवल,फागुन १६ ।
    रुसले युक्रेनमाथि गरेको आक्रमणको विरोधमा काठमाडाैमा मानव अधिकार तथा शान्ति समाजले प्रदर्शन गरेको छ । रुसलाई तत्काल युद्ध रोक्न आग्रह एवं युक्रेनी जनता तथा युक्रेनमा रहेका सबै मानिसको जीवन रक्षाको आह्वानसहित समाजले प्रदर्शन गरेको हो । 

    काठमाण्डौको बौद्धनाथ अगाडि सम्पन्न प्रदर्शनमा शान्तिवादीहरुले रुसले युक्रेनमाथि गरेको आक्रमणको विरोधमा हातमा कालोपट्टी बाँधेका थिए । शान्तिवादीहरुले हातमा मैनवत्ती बोकेर युक्रेनी जनता तथा युक्रेनमा रहेका सबै मानिसको जीवन रक्षाका लागि आह्वान गरेका थिए ।

    आधा घण्टासम्म भएको प्रदर्शनमा, युक्रेनमाथि रुसको आक्रमण मानवता विरुद्धको अपराध हो, रुसस् तत्काल युद्ध रोक, रुस मानवता विरुद्धको अपराध बन्द गर, युक्रेनी जनताको जीवन रक्षा गर,  युक्रेनमा रहेका सबै मानिसको जीवन रक्षा गर, रुस तत्काल सैनिक फिर्ता गरि युद्ध रोक लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो ।

    प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सल्लाहकारद्वय होमकान्त चौलागाई र उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, महासचिव रामकृष्ण बराल, सचिव नम्रता खरेल, कोषाध्यक्ष जगन्नाथ पुडासैनी लगायतका व्यक्तिहरुको उपस्थिती थियो । santisamaj.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology