Logo बिहिवार, आश्विन १ गते २०८३
images

११ बुँदे व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने सत्तारुढ दलको निर्णय

११ बुँदे व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने सत्तारुढ दलको निर्णय

  • 2.1K
    SHARES

  • ११ बुँदे व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने सत्तारुढ दलको निर्णय

    बुटवल,फागुन १५ ।

    सत्तारुढ दलले एमसीसीबारे ११ बुँदे व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने भएका छन् । सत्तारुढ दलले तयार पारेको व्याख्यात्मक घोषणामा कम्प्याक्ट इण्डोप्यासिफिक रणनीति नभएको भनिएको छ ।

    ​आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले एमसीसी व्याख्यात्मक घोषणासहित पारित गर्ने निर्णय गरेको थियो । यसअघि एमसीसीबारे गठबन्धनमा विवाद हुँदै आएकोमा व्याख्यात्मक टिप्पणीबारेको सहमति जुटेको हो ।

    यससँगै संसदबाट एमसीसी आजै पारित गर्ने तयारी भएको छ ।

    एमसीसीबारे सत्ता गठबन्धनको व्याख्या - सैन्य सुरक्षा गठबन्धन नमान्नेदेखि बौद्धिक सम्पति नेपालकै हुने ‘कम्प्याक्टको सम्बन्धमा, कम्प्याक्टको पक्ष भएको कारण नेपाल संयुक्त राज्य अमेरिकाको ईन्डो–प्यासेफिक स्ट्राटेजी लगायतको कुनै पनि सामरिक, सैन्य वा सुरक्षा गठबन्धनमा  बाँधिएको मानिने छैन भन्ने घोषणा गर्दछ ’, सत्तारुढ दलले गरेको घोषणाको १ नम्बर बुँदामा भनिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology