बुटवल,फागुन १४ ।
चलचित्र निर्देशक तथा निर्माता सुदर्शन थापालाई प्रहरीले सामान्य सोधपुछपछि छाडेको छ । नयाँ बानेश्वरबाट पल शाहका बारेमा सोधपुछ गर्न नियन्त्रणमा लिइएका थापालाई छाडिएको प्रहरीले जनाएको छ । शाहविरुद्ध एक नाबालिक गायिकाले जवरजस्ती करणीको मुद्दा दायर गरेपछि फरार रहेका छन् ।
पल शाह अभिनित चलचित्र म यस्तो गीत गाउँछु २ का निर्देशक थापालाई शाहको बारेमा सोधपुछ गर्न बोलाइएको प्रहरीले जनाएको छ ।
प्राइमटाइम टेलिभिजनमा धमलाको हमला कार्यक्रममा अन्तर्वार्ता दिएर फर्किँदै गर्दा टेलिभिजन परिसरबाटै उनलाई नियन्त्रणमा लिइएको थियो ।
उनीसँग सम्पर्क भए जानकारी दिन प्रहरीले आग्रह गरेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)