बुटवल,असोज २८ -
टाकुरा बचत तथाऋण सहकारी संस्थाको नवौँ साधारण सभा बुधबार सम्पन्न भएको छ । अनलाइन प्रविधिमा सम्पन्न साधारण सभाले अध्यक्षको बार्षिक प्रतिवेदन, कोषध्यक्षको आर्थिक प्रतिवेदनतथा लेखा समितिको प्रतिवेदन सर्वसम्मतपारित गरेको छ ।
कार्यक्रममा अध्यक्ष रमेश ज्ञवालीले बार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष विरेन्द्र रानाले आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक शंकर गौतमले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
संस्थाका अध्यक्ष रमेश ज्ञवालीको अध्यक्षता, उपाध्यक्ष रजनिसचन्द्र गुप्ताको स्वागत र सचिव राजेन्द्र कुँवरको संचालनमा सम्पन्न कार्यक्रममा संस्थाका सल्लाहकार खेमराज खनालले शुभकामना मन्तब्य राख्नुभएको संस्थाले जनाएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)