Logo बिहिवार, आश्विन १ गते २०८३
images

रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता : तिलोत्तमा क्रिकेट क्लव विजयी

रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता : तिलोत्तमा क्रिकेट क्लव विजयी

  • 3.5K
    SHARES

  • रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता : तिलोत्तमा क्रिकेट क्लव विजयी

    बुटवल,फागुन १४ ।

    रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको खेलमा तिलोत्तमा क्रिकेट क्लब विजयी भएको छ ।

    भैरहवाको सिद्धार्थ रंगशालामा जारी प्रतियोगितामा स्टार क्रिकेट क्लबलाई तिलोत्तमाले ६ विकेटले पराजित ग¥योे । टस जितेर व्याटिङ रोजेको स्टारले ३२ ओभर दुई बलमा सबै विकेट गुमाएर मात्र ९१ रन बनाएको थियो । जसमा प्रदिप साहानीले २५ र निश्चल ज्ञवालीले १८ रन बनाए ।

    इजाजुल हकले १५ रन जोडेर आउट हुँदा स्टारको चार विकेटको क्षतीमा ७७ रन स्कोर बोर्डमा थियो । तर बाँकी १४ रन बनाउँदा उसले ६ विकेट गुमाउन पुग्यो । कम योगफलमा रोक्न अमर सिंह रौतेलाले पाँच र कृष्ण कार्कीले दुई विकेट लिए । जबाफी व्याटिङ गरेको तिलोत्तमाले २१ ओभरमा लक्ष्य पुरा ग¥यो ।

    तीन विकेट चाँडै गुमाएको तिलोत्तमाका मध्यक्रमका खेलाडीले लय सम्हालेका थिए । कृष्ण कार्की ३०, अमर सिंह रौतेलाल र बिकल अधिकारीले समान २२–२२ रन बनाए ।

    स्टारका सम्सु जमा खानले दुई र सुरज खड्काले एक विकेट लिए । म्यान अफ दी म्याच अमर सिंह रौतेला घोषित भए । भोली प्रोफेस्नल मास्टर र ज्ञानोदयबीच प्रतिस्पर्धा हुने छ ।  

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology